Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा

Monday, February 19, 2018 National Power

७ फागुन, खोटाङ  – पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा गरिने भएको छ । नेपाल बाल साहित्य समाज काठमाडौँको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बाल साहित्य सम्मेलन गर्ने टुङ्गो गरिएको हो । बाल साहित्यमा लोक साहित्यको प्रभाव, अभिभावक र बाल साहित्य, बाल साहित्यमा बाल अधिकार र कर्तव्यलगायत विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया एवं बालपुस्तक प्रदर्शनी गरिने समाजका सचिव यशु श्रेष्ठले बताउनुभयो ।

“सम्मेलनमा बालबालिकाको सिर्जनशीलता तथा सीप विकास, बाल साहित्यबारे शिक्षक, अभिभावक तथा विद्यार्थीमा अभिरुचि र चेतना अभिवृद्धि, शिक्षण सीप र विधिबारे जानकारी दिइन्छ ।” सम्मेलनको अवधिमा बाल साहित्य, बाल साहित्य प्रकाशनमा नवीनतम् प्रयोग र बजार, चित्रपुस्तक तथा चित्रकारिता, खोटाङ जिल्लाको बाल साहित्यको अवस्थालगायतका विषयमा शिक्षक तथा अभिभावकसँग छलफल गरिने जनाइएको छ । यस्तै छात्रछात्रा सहभागी गराएर कथा लेखन, चित्रकला लेखन, कविता लेखन, कक्षागत नाटक मञ्चन सिकाइ, कथा, कविता वाचन सिकाइ एवं अन्तत्र्रिmया गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमा बाल साहित्यसँग सम्बद्ध लेखक, चित्रकार, सम्पादक, शिक्षक, अनुवादक, गायक, संगीतकार, पत्रकार, पुस्तकालय व्यवस्थापक, प्रकाशकलगायतको सहभागिता रहनेछ । विसं २०४४ देखि देशका फरकफरक जिल्लामा सम्मेलन गर्दै आएको समाजले यसपल्ट दिक्तेललाई छानेको हो ।