Saturday 11th May 2024

    इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी पेरिस प्रस्थान    सुवेदीको चलचित्र सतीदेवी साउन ४ देखि प्रदर्शनमा आउने    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड भव्य रुपमा सम्पन्न    भारतीय चलचित्र निर्देशन गर्दै जनकदिप पराजुली    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

सल्यान : भावना न्यौपाने भवानी

Sunday, February 18, 2018 National Power

हुँ भावना म मनले कवि मान्छु मान्य सल्यानमा वरद जन्म भयो सुरम्य । 
मेरो छ मिष्ट ममता यसमा प्रणम्य सल्यान पुत्री म भएँ र छ भाग्य धन्य ।।१।। 


मिल्छन् यहाँ फल र फूलहरू अगण्य सल्यान पार्न म सकूँ प्रिय अग्रगण्य । 
पाऊँ सदैव यसबाट पवित्र पुण्य मेरो निमित्त अति वन्दित होस् शरण्य ।।२।। 


यो स्थान पुग्न नसके मन हुन्छ शून्य ठाऊँ मनोरम छ यो अनि कर्मकाम्य । 
श्रद्धेय यो प्रकृतिबाट भयो अनन्य प्रार्थी मुटुप्रणय होस् यसबाट ठम्म ।।३।। 


छन् भावना प्रबल यो स्थल हेर्नलाई छन् चाहना प्रथित उन्नत पार्नलाई । 
गर्नेछु कोशिश सदैव सिङार्नलाई यो जन्मभूमी प्रिय लाग्छ सधैँ मलाई ।।४ ।। 


छन् दन्तपङ्तिसम दृश्य दिने हिमाल छन् कल्पना मनुजका सुकिला विशाल । 
छन् तीर्थधाम अति पावन धर्मपाल आऊन् यहाँ अतिथि हेर्न र बुझ्न चाल ।।५।। 

वर्षाविवेकसित यो स्थल घुम्न जाऊँ गौरीरमेशसित डुल्न गई रमाऊँ । 
आमा विशुद्ध दिलकी विमला घुमाऊँ मेरा पिता प्रिय पवित्र यहीँ डुलाऊँ ।।६।। 


सल्यानको सहज सज्नता समेट्छु साहित्यका सकल मित्र पुगेर भेट्छु । 
आनन्दपूर्वक बसेर थकाइ मेट्छु सल्यानको भजनमा म सदैव खट्छु ।।७।।

-भावना न्यौपाने भवानी ,तुलसीपुर पाँच ग लाइन दाङ ।