Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

ट्राफिक अपडेट

Sunday, February 18, 2018 National Power

 महोत्तरीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
५ फागुन,  काठमाण्डौ
महोत्तरीको पिपरा गाउँपालिका ६ रतौलीमा गएराति साढे ९ बजे ज १ त ६६३७ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको महोत्तरी प्रहरीले जनाएको छ । चालक, सोही ट्याक्टरले च्यापिएको अवस्थामा मृत फेला परेका थिए ।

हेटौंडामा ट्याक्टरको ठक्करबाट २ जनाको मृत्यु
मकवानपुरको हेटौंडा उपमहानगरपालीका ११ सरस्वती खोला नजिकै हिजो बेलुकी पौने ८ बजे ना ३ त ६०२७ नम्बरको ट्याक्टरले ना ४७ प ३८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नवलपरासी सुनौली नगरपालीका ८ का २६ बर्षिय प्रेम बहादुर क्षेत्री र पछाडी सवार अन्दाजी २२ बर्षिया युवतीको उपचारको क्रममा चुरेहिल अस्पताल हेटौंडामा मृत्यु भएको हो । मृतक युवतीको भने सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात् फरार रहेका ट्याक्टर चालकको खोजी भैरहेको प्रहरी चौकी लेवर्ट मकवानपुरले जनाएको छ ।

 

#ktmtraffic