Tuesday 26th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

चलचित्रमा पनि चिरञ्जीवीकै चर्चा

Friday, February 16, 2018 National Power

काठमाण्डौ  – प्लेब्याक गायकमा स्थापित भै सकेका गायक /संगीतकार चिरन्जिबी भण्डारीले आवाज दिएको नेपाली चलचित्र दिपज्योति को अर्को धमाकेदार गित झ्याई पुल्टुङ पुल्टुङ टुङ झ्याई , सार्बजनिक भएको छ ।


उनलाई गायकीमा गायिका ससिका राईले साथ दिएकी छन केहि दिन यता सोही रम्माईलो गीतको चर्चा मिडिया भरि भईरहेको छ ।
त्यसो त गायक चिरन्जिबी रोमान्टिक गीतको लागी अब्बल मानिन्छन ।

गत बर्ष चिरन्जिबीले गाएको रेलिमाई फिल्मको चट्टै मुटु काटेर, बोलको गीतले अत्यधिक चर्चा कमाइ टप फाईपमा पर्न सफल भै प्लेब्याकमा राम्रो पक्कड बनाएका गायक / संगीतकार चिरन्जिबी ऐले फेरी दिपज्योति चलचित्रको यो गीतले चर्चा कमाएको र उनका प्रसंशक फ्यानहरूले उनको गायकी को तारिफ गर्दा गायक भण्डारी दंग छन् ।


त्यसोत उनि रोमान्टिक गीतमा किंग नै मानिन्छन ।यो गीतका संगीतकार बिकाश चौधरी हुन भने, शब्द सबिना के सिको रहेको छ भने फिल्मलाई नारायन मैनाली निर्देशन गरेका हुन् । यस फिल्ममा सरोज खनाल ,निर शाह,रजनि केसी,खुस्बु खड्का,पुष्कर रेग्मि,जस्ता कलाकारको मुख्य अभिनय रहेको छ ।