Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

चलचित्रमा पनि चिरञ्जीवीकै चर्चा

Friday, February 16, 2018 National Power

काठमाण्डौ  – प्लेब्याक गायकमा स्थापित भै सकेका गायक /संगीतकार चिरन्जिबी भण्डारीले आवाज दिएको नेपाली चलचित्र दिपज्योति को अर्को धमाकेदार गित झ्याई पुल्टुङ पुल्टुङ टुङ झ्याई , सार्बजनिक भएको छ ।


उनलाई गायकीमा गायिका ससिका राईले साथ दिएकी छन केहि दिन यता सोही रम्माईलो गीतको चर्चा मिडिया भरि भईरहेको छ ।
त्यसो त गायक चिरन्जिबी रोमान्टिक गीतको लागी अब्बल मानिन्छन ।

गत बर्ष चिरन्जिबीले गाएको रेलिमाई फिल्मको चट्टै मुटु काटेर, बोलको गीतले अत्यधिक चर्चा कमाइ टप फाईपमा पर्न सफल भै प्लेब्याकमा राम्रो पक्कड बनाएका गायक / संगीतकार चिरन्जिबी ऐले फेरी दिपज्योति चलचित्रको यो गीतले चर्चा कमाएको र उनका प्रसंशक फ्यानहरूले उनको गायकी को तारिफ गर्दा गायक भण्डारी दंग छन् ।


त्यसोत उनि रोमान्टिक गीतमा किंग नै मानिन्छन ।यो गीतका संगीतकार बिकाश चौधरी हुन भने, शब्द सबिना के सिको रहेको छ भने फिल्मलाई नारायन मैनाली निर्देशन गरेका हुन् । यस फिल्ममा सरोज खनाल ,निर शाह,रजनि केसी,खुस्बु खड्का,पुष्कर रेग्मि,जस्ता कलाकारको मुख्य अभिनय रहेको छ ।