Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

युरोपा लिगमा एथ्लेटिको मड्रिडको सहज जित

Friday, February 16, 2018 National Power

 

४ फागुन,काठमाण्डौ – स्पेनिस क्लब एथ्लेटिको मड्रिडले युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा जित हात पारेको छ। बिहीबार राति भएको पहिलो लेगमा एथ्लेटिको मड्रिडले डेनिस क्लब एफसी कोपनहेगनलाई ४ – १ ले हराएको हो। एथ्लेटिको मड्रिडलाई जित दिलाउन एन्टोनियो ग्रीजम्यान, साउल निगेज,केभिन गामिरो र भिटोलोले एकएक गोल गरेका छन्। कोपनहेगनका भिक्टोर फिस्चरले एक गोल फर्काएका थिए।

पहिलो हाफको १५ औं मिनेटमा फिस्चरको गोलबाट कोपनहेगनले सुरुवाती अग्रता बनाएको थियो। खेलको २१ औं मिनेटमा निगेजले गोल गर्दै एथ्लेटिकोलाई खेलमा फर्काए। खेलको ३७ औं मिनेटमा गामिरोले गोल गरेपछि पहिलो हाफमा एथ्लेटिकोले २ – १ को अग्रता बनायो।दोस्रो हाफको ७१ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै एथ्लेटिकोलाई ३ – १ को अग्रता दिलाए र ७७ औं मिनेटमा भिटोलोले गोल गरेपछि एथ्लेटिकोले ४ – १ को सहज जित निकालेको हो। पहिलो लेगको जितसँगै एथ्लेटिको मड्रिडले युरोपा लिगको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेग एथ्लेटिको मड्रिडको घरेलु मैदानमा अर्को बिहीबार हुनेछ।