Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सिन्धुपाल्चोकमा मिनी ट्रक दुर्घटना हुँदा ३ को मृत्यु

Friday, February 16, 2018 National Power

४ फागुन, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसेमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नम्बरको मिनी ट्रक बाह्रबिसे(कोदारी सडकखण्डको बोर्डल्याण्ड नजिकै दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ट्रक चालक बाह्रबिसे नगरपालिका ८ निबासी शेखर अधिकारी, सोही वडाका सुब्बा अधिकारी र कमल अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।  गाडी सडकबाट १६० मिटर तल भोटेकोसी नदीमा खसेको थियो ।