Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मुख्यमन्त्री कार्यालयको फोहोर जलाउँदा डढेलो सल्कियो

Thursday, February 15, 2018 National Power

३ फागुन, जनकपुरधाम – प्रदेश २ को मुख्यमन्त्रीको कार्यालय परिसरमा आगलागी भएको छ । सुरक्षाकर्मीले आगो निभाउन नसकेपछि दमकल बोलाइएको छ । जनकपुर चुरोट कारखानाभित्र मुख्यमन्त्री कार्यालय परिसरभित्र फोहोर जम्मा गरेर जलाउन लाग्दा आगो नजिकैको जंगलसम्म फैलिएको हो ।

मुख्यमन्त्री कार्यालय परिसरमा सानो जंगल छ । जनकपुर चुरोट कारखानालाई मुख्यमन्त्री कार्यालय बनाउँदा सरसफाइ गरी धेरै फोहोर निकालिएको थियो । आगो निभाउन सेना खटिए पनि नसकेपछि दमकल बोलाइएको छ ।