Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मुख्यमन्त्री कार्यालयको फोहोर जलाउँदा डढेलो सल्कियो

Thursday, February 15, 2018 National Power

३ फागुन, जनकपुरधाम – प्रदेश २ को मुख्यमन्त्रीको कार्यालय परिसरमा आगलागी भएको छ । सुरक्षाकर्मीले आगो निभाउन नसकेपछि दमकल बोलाइएको छ । जनकपुर चुरोट कारखानाभित्र मुख्यमन्त्री कार्यालय परिसरभित्र फोहोर जम्मा गरेर जलाउन लाग्दा आगो नजिकैको जंगलसम्म फैलिएको हो ।

मुख्यमन्त्री कार्यालय परिसरमा सानो जंगल छ । जनकपुर चुरोट कारखानालाई मुख्यमन्त्री कार्यालय बनाउँदा सरसफाइ गरी धेरै फोहोर निकालिएको थियो । आगो निभाउन सेना खटिए पनि नसकेपछि दमकल बोलाइएको छ ।