Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आजको ट्राफिक अपडेट

Thursday, February 15, 2018 National Power

३ फागुन, काठमाडौं  – कोटेश्वर–जडिबुटी र सुविधानगरमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । सवारी साधनको संख्या बढेका कारण कोटेश्वर–जडिबुटीमा सवारी साधन चापमा चलिरहेका हुन् । त्यस्तै बागमती पुल भत्केका कारण सवारी साधनलाई आलोपालो चलाउदा सुविधानगरमा पनि सवारी चाप रहेको हो । साथै कलंकी, एकान्तकुना, गौशाला, मित्रपार्क, चावहिल, पुरानो बानेश्वर, केशरमहल, लैनचौर, लोत्सेचोक, नक्साल, थापाथली, कालीमाटी र टेकु हुदै चल्ने सवारी साधन पनि चापमै चलिरहेका ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

चितवनको रत्ननगर नगरपालीका १ मा आज बिहान अटो रिक्साको ठक्करबाट मोटरसाईकलमा सवार दम्पती गम्भिर घाईते भएका छन् । २२ बर्षीय विजय भण्डारी र उनकी २० बर्षीया श्रीमती ईन्दीरा घाईते भएका हुन् । घाईते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । आज बिहान पौने ६ बजे, नम्बर नखुलेको रिक्साले भण्डारी दम्पती सवार ना५१प ६१६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटना पश्चात फरार अटो सहित चालकको खोजी भैरहेको इलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ हिरापानीमा आज मोटरसाईकल जिपमा ठोकिदा एक जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक सिन्धुली सुनकोशी गाँउपालिका ७ का २५ वर्षिय दोर्जे स्याङवा रहेका छन् । उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ । काठमाडौबाट विराटनगर तर्फ जादै गरेको बा १ झ ९९ ११ नम्बरको जिपमा, बा ९१ प २५ ८० नम्बरको मोटरसाईकल बिहान सवा १० बजे ठोकिएको हो ।

मकवानपुरको मनहरी गाँउपालीका ७ तल्लो सिविरमा आज ट्रकको ठक्करबाट ठेला चालक घाईते भएका छन् । ना ६ ख ९१ ५१ नम्बरको ट्रकको ठक्करबाट घाईते भएका ठेला चालक स्थानिय ५५ बर्षीय राम बहादुर पुरीलाई उपचारको लागी भरतपुर तर्फ पठाइएको छ । चितवनबाट ट्रक हेटौडा तर्फ आउदै गर्दा आज बिहान ७ बजे, सो दुर्घटना भएको हो । ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको भंगाहा नगरपालीका ८ पडहरियामा आज ट्याक्टर अनियन्त्रीत भई पल्टीदा ट्याक्टरमा सवार बाबु–छोरा घाईते भएका छन् । ट्याक्टर चालक २१ बर्षीय असरफ नदाफ र उनका ४५ बर्षीय बुबा नजमुदिन नदाफ घाईते भएका हुन् । घाईते दुवैलाई उपचारको लागी जनकपुर तर्फ पठाइएको छ । आज बिहान सवा ८ बजे, ज १ त ३९ ९१ नम्बरको ट्याक्टर अनियन्त्रीत भई पल्टेको ईलाका प्रहरी कार्यालय लोहारपट्टीले जनाएको छ ।