Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आजको ट्राफिक अपडेट

Tuesday, February 13, 2018 National Power

१ फागुन, काठमाडौं – चावहिल,मित्रपार्क,गौशाला र तिलगंगा क्षेत्रमा सवारी साधन यतिबेला क्युमा चलिरहेका छन् । महाशिवारात्रीको अवसरमा,गौशाला स्थित पवित्र पाशुपत क्षेत्रमा सहभागी हुने दर्शनार्थीको घुइचो बढेकाले क्युको अवस्था रहेको हो ।  यसैबिच दर्शनार्थीहरुको सुबिधालाई मध्यनजर गरी ट्राफिक प्रहरीले आज बिहानैबाट गौशालातर्फ आउने मालबाहक सवारी साधनलाई तीनवटा स्थानबाट डाइभर्सन गरेको छ ।

भक्तपुरबाट गौशालातर्फ आउने मालबाहक सवारी साधनलाई कोटेश्वरबाट,नारायणटारबाट आउने मालबाहक सवारीलाई गौरीघाटबाट र कपन जोरपाटी हुँदै गौशाला आउने मालबाहक सवारी साधनलाई चाबहिलबाट डाइभर्सन गरेको हो । अन्य सार्वजनिक तथा निजी सवारी साधन भने यतिबेला सामान्य रुपमा संचालन भैरहेका छन् ।

सवारी साधन लिएर गौशालातर्फ जानेहरुको लागी भने ट्राफिक प्रहरीले सिफलचौर,गुहेश्वरी पारिको खालिचौरमा र पशुपति क्षेत्र बिकाश कोषको कार्यालयमा पार्किङको ब्यबस्था मिलाएको छ । यस बाहेक उपत्यकाका अन्य स्थानको सवारी आवगमन भने सामान्य रहेको छ ।