Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

आजको ट्राफिक अपडेट

Monday, February 12, 2018 National Power

२९ माघ,काठमाण्डौ – महाशिवरात्री पर्वको अबसरमा गौशाला स्थित पाशुपत क्षेत्रमा दर्शन गर्न जाने दर्शनार्थिहरुको सुविधालाई मध्यनजनर गरी ट्राफिक प्रहरीले सवारी साधनलाई विभिन्न स्थानबाट डाईभर्सनको व्यवस्था गरेको छ । गौशालातर्फ आउने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, मैतिदेविमोड, तिलगंगा, सिफलचौर, कटुबहाल, गौरीघाट र सिनामंगलबाट डाईभर्सन गरीने भएको हो । त्यस्तै गौशालातर्फ आउने मालबहाक सवारी साधनलाई भने तिनकुने, जोरपाटि नारायणटार पुल र चुच्चेपाटिबाटै प्रबेशमा रोक लगाईने छ ।

सवारी साधन लिएर दर्शन गर्न आउने दशर्नार्थिहरुको सुविधाको लागी ट्राफिक प्रहरीले बिभिन्न स्थानमा पार्किङको समेत ब्यबस्था गरेको छ । तिलगंगा, शिफलचौर, गुहेश्वरी पारिको खालिचौरमा र पशुपति क्षेत्र बिकाश कोषको कार्यालयमा पार्किङको ब्यबस्था गरीएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कालिकोटको खाँडाचक्र नगरपालीका ८ हुन्डाघट्ट भन्ने स्थानमा आज बालुवा लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरका परिचालक खाँडाचक्र ५ का ३५ बर्षिय मिराज हमाल रहेका छन् ।दुर्घटनामा परी घाईते भएका ट्याक्टरका चालक स्थानिय राजेन्द्र हमालको जिल्ला अस्पताल कालिकोटमा उपचार भैरहेको छ । आज बिहान १० बजे भे १ त ३७ २९ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी चौकी छाप्रे कालिकोटले जनाएको छ ।

चितवानको भरतपुर महानगरपालिका १७ मा आज ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका परीचालक स्थानीय ३१ वार्षीय कान्छा महत्तो रहेका छन् । आज बिहान पौने १२ बजे ना ५ त १३७१ नम्बरको ट्याक्टरबाट अचानक खस्दा महतो गम्भिर घाईते भएका हुन् । घाईते उनको उपचारको लागि सरकारी अस्पताल भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।