Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

प्रदेश २ मा सभामुखको चुनाव पर्सि

Monday, February 12, 2018 National Power

२९ माघ, जनकपुरधाम  प्रदेश २ को सभामुख चयनका लागि पर्सि फागुन २ गते निर्वाचन हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलि सभामुख चयन गर्ने कार्यसूची बनाएको छ । भोलि १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उपसभामुखको चुनाव फागुन ४ गते हुनेछ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको भागवण्डामा सभामुख राजपाले पाएको छ । राजपाले सभामुखमा महासचिव मनिष सुमनलाई अघि सार्ने तयारी गरेको छ ।