Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विश्वका धनी शहरः न्यूयोर्क पहिलो, मुम्बई १२ औं स्थानमा

Monday, February 12, 2018 National Power

२९ माघ, काठमाडौं – विश्वका धनी शहरहरुको सूची सार्वजनिक भएको छ । यो सूचीमा न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी भारतको मुम्बई १२ औं स्थानमा सूचिकृत भएको छ । न्यू वर्ल्ड वेल्थ रिपोर्टले धनी १५ शहरको सूची सार्वजनिक गरेको छ, जसमा कुल ३ हजार अर्ब डलरका साथ न्यूयोर्क पहिलो स्थानमा छ । यसैगरी लण्डन दोस्रो, टोकियो तेस्रो र सनफ्रानसिस्को चौथो नम्बरमा छन् । पाँचौं र छैठौं नम्बरमा क्रमशः चीनको बेइजिङ र सांघाइ परेका छन् ।

भारतको मुम्बईले पनि विश्वको धनी शहरको सूचीमा स्थान बनाएको छ । भारतको प्रमुख आर्थिक केन्द्र मुम्बई सूचीको १२ औं स्थानमा छ । यसको कुल सम्पत्ति ९५० अर्ब डलर छ । मुम्बईमा २८ जना अर्बपति छन् । सबैभन्दा धनी देशहरुको सूचीमा भारत छैठौं स्थानमा छ । भारतमा ८,२३० बिलियन डलर सम्पत्ति छ । शहरको कुल सम्पत्तिको गणनामा शहरमा बस्ने व्यक्तिहरुको निजी सम्पत्ति मात्र गणना गरिएको छ । व्यक्तिहरुको जग्गा, नगद, शेयरलगायतलाई हेरेर सम्पत्तिको मूल्यांकन गरिएको हो । सरकारी कोषको गणना भने यसमा गरिएको छैन ।