Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

आजको ट्राफिक अपडेट

Monday, February 12, 2018 National Power

२९ माघ,काठमाण्डौ – गौशाला, मित्रपार्क, जयबागेश्वरी, तीनकुने, पिंगलास्थान हुदै संचालन हुने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । गौशाला चोकबाट बत्तिसपुतली तर्फ आउन बायाँ लेनमा सडक खाल्डो परेको र सवारीसाधनको संख्या बढेकाले चावहिल, गौशाला तीलगंगा क्षेत्रमा सवारी चाप बढेको हो । त्यस्तै, भक्तपुरबाट कोटेश्वर तर्फ आउने सवारीको क्यु जडिबुटी सम्मै रहेको छ भने नैकापबाट कलंकी तर्फ आउने सवारी साधनको क्यु सिप्रदी सम्म रहेको छ । यस्तै, सातदोबाटो ईमाडोल, महालक्ष्मीस्थान, एकान्तकुना, गोदावरी, चापागाँउमोडमा पनि सवारी साधन चापमा चलिरहेका छन् । यता सोह््रखुट्टे, लैनचौर, केशरमहल, जमल, जयनेपाल चोक, लोत्सेचोक, नक्साल, बालमन्दिर, थापाथली र माईतीघरमा हुदै चल्ने सवारी साधन पनि चापमै चलिरहेका छन् ।
सवारी साधनको चाप रहेको स्थानमा ट्राफिक व्यवस्थापनको कार्य भैरहेको छ । नाकाहरुको सवारी आवागमन भने सामान्य रहेको छ । राहाको कर्जन्हा नगरपालीका ३ स्थित कमला नदिको बाधमा आज मोटरसाईकल दुर्घटना हुंदा चालक गम्भिर घाईते भएका छन् । कर्जन्हा नगरपालीका ४ का २१ बर्षीय आकाश ल्हो घाईते भएका हुन् । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भैरहेको छ । आज बिहान साढे ९ बजे, को३०प १४ ३४ नम्बरको मोटरसाईकल तीव्र गतिका कारण अनियनत्रीत भएर पल्टेको ईलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।

ललितपुर महालक्ष्मीस्थानमा आज मोटरसाईकलको ठक्करबाट पैदलयात्री घाईते भएका छन् । स्थानिय ४० बर्षीय बिनोद बस्नेत घाईते भएका हुन् । आज बिहान साढे ६ बजे, नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट घाईते भएका बस्नेतको पाटन अस्पतालमा उपचार भैरहेको छ । सवारी साधन सहित फरार चालकको खोजी भैरहेको छ ।