२५ माघ,काठमाण्डौ -कोटेश्वर, जडिबुटी, तीनकुने, शान्तिनगर हुदै चल्ने सवारी साधन चापमा चलिरहेका छन् । शान्तिनगर स्थित बागमती पुलको एक भाग बिग्रीएका कारण ठुला सवारी साधन १ लेनमा आलोपालो चलाउँदा उक्त वरपरका क्षेत्रमा सवारी चाप रहेको छ । कोटेश्वरको सवारी क्यु लोकन्थली क्रस भएको छ । यस संगै कलंकी सडकमा पनि सवारी साधन चापमा चलिरहेका छन् । मर्मतको क्रममा रहेको सडकमा सवारी साधनको संख्या बढेकाले चाप रहेको हो । यस्तै चावहिल, गौशाला, लैनचौर, केशरमहल, थापाथली, माईतीघर हुँदै चल्ने सवारी साधन पनि चापमै चलिरहेका छन् । सवारी चाप रहेको स्थानहरुमा ट्राफिक व्यवस्थापनको कार्य भैरहेको छ । नाकाहरुको सवारी आवागमन भने सामान्य रहेको छ ।
चितवनको भरतपुर महानगरपालिका २९ गाईघाटमा आज बिहान दुध बोकेको ट्याङकर त्रिशुली नदिमा खस्दा चालक सहित २ जनाको मृत्यु भएको छ । चालक नवलपरासी कोलहुवाका ३० बर्षीय सन्त बहादुर कुमाल र परिचालक उनकै भतिज अन्दाजी २२ बर्षीय लिला बहादुर कुमालको मृत्यु भएको हो ।आज बिहान ६ बजे, ना ७ ख ४३१४ नम्बरको ट्रकले बा४ख ६९५३ नम्बरको ट्याङकरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट ट्याङकर सडकबाट अन्दाजी एक सय मिटर तल त्रिशुली नदिमा खसेको थियो । पानी भित्र ट्याङकरमै च्यापिएका कुमालद्धयलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले बाहिर निकालेको थियो ।
चितवनको भरतपुर महानगरपालिका १ पोखरा बसपार्क नजिकै लोडरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनँहुका २१ वर्षिय तेस्रो लिङ्गी कृष्ण गुरुङ्ग रहेका छन् । बिहान पौने ९ बजे को १ ख ७७८ नम्बरको लोडरको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । लोडर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।
काठमाडौको एयरपोर्ट स्थित कार्गो नजिकै आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् । आज बिहान ६ बजे बा २ ख ५४२१ नम्बरको बस र बा ८० प ३७ ३८ नम्बरको मोटरसाईकल आपसमा ठोकिदा मोटरसाईकल पछाडी सवार काठमाडौं पिंगलास्थान बस्ने सुनसरी ईटहरीकी रविना ओझाको मृत्यु भएको हो । गम्भीर घाईते भएकी उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा बिहान ८ बजे मृत्यु भएको हो ।दुर्घटनामा संलग्न बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान बा ८९ प २३०२ नम्बरको मोटरसाईकल पैदलयात्रीलाई ठक्कर दिएर पल्टिँदा दुई जना घाईते भएका छन् । मोटरसाईकल चालक काडाँघारीका ३३ बर्षीय मन्दिप अधिकारी र पैदलयात्री काठमाडौं शान्तिनगर बस्ने ४५ बर्षीय देवचन्द्र राई घाइते भएका हुन् । राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अधिकारीको काठमाडौं मेडिकल कलेज सिनामंगलमै उपचार भैरहेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका २ झारबैरामा आज हात्ती गाडेीको ठक्करबाट मोटरसाईकलमा सवार दम्पती घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक स्थानिय ४५ वर्षिय जाल बहादुर पुन र पछाडी सवार उनकी ४३ वर्षिया श्रीमती शोभा पुन रहेका छन् । घाईते दुबैको लुम्बिनी अंचल अस्पतालमा उपचार भैरहेको छ । आज बिहान पौने १० बजे लु १ ज ५४२५ नम्बरको गाडीले लु ३१ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्सन वारी साधन नियन्त्रणमा लिएको र गाडी चालक फरार रहेकाले खोजिकार्य भैरहेको ईलाका प्रहरी कार्यलय रन्यौराले जानकारी दिएको छ ।