Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

आजको ट्राफिक अपडेट

Wednesday, February 7, 2018 National Power

२४ माघ,काठमाण्डौ – उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । बिहानको समयमा सडकमा सवारी साधनको संख्या कम रहेका कारण आवागमन सामान्य रहेको हो । विभिन्न नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधन पनि सामानय तवरलेनै संचालन भैरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

ललितपुरको सातदोबाटोमा गएराती भएको सवारी दुर्घटनामा पैदलयात्रीको मृत्यु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुर घर भई हाल सातदोबाटो बस्दै आएका ३५ बर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो । गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागी पाटन अस्पताल ल्याउँदै उनको बाटैमा मृत्यु भएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । गएराती ११ बजे नम्बर नखुलेको सवारी साधनको पैदल हिँडीरहेका चौधरीलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार रहेका सवारी साधन सहति चालकको खोजी भईरहेको भैरहेको छ ।

रुपन्देहीको ओमसतीया गाँउपालिका १ मा हिजो बेलुकी ट्रिपरको ठक्करबाट मोटरसाईकल चालक रुपन्देहीकै सिदार्थनगर नगरपालिका १२ बस्दै आएका ४४ वर्षिय रमेश घिमिरेको मृत्यु भएको छ । ट्रिपरको ठक्करबाट गम्भीर घाईते भएका घिमिरेको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा हिजै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । हिजो बेलुकी पौने ८ बजे लु १३ प १५४९ नम्बरको मोटरसाईकललाई नम्बर नखुलेको ट्रिपरले ठक्कर दिएको थियो ।

काठमाडौंको सामाखुसीमा आज मोटरसाईकलको ठक्करबाट पैदलयात्री घाईते भएका छन् । काठमाडौं ढुंगेधारा बस्ने नुवाकोट खरानीटार ८ का २२ बर्षीय विजय तामाङ घाईते भएका हुन् । आज बिहान साढे ६ बजे, बा ५१ प ६१९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएका तामाङको सामाखुसी स्थित अल नेपाल अस्पतालमा उपचार भैरहेको छ । सवारी साधन सहित फरार रहेका चालकको खोजी भैरहेको छ ।

ललितपुरको गोदावरी नगरपालीका ७ ताखेलमा आज मिनि ट्रकको ठक्करबाट मोटरसाईकल पछाडी सवार महिला घाइते भएकी छिन् । ललितपुरको गोदावरी नगरपालीका ७ की ४५ बर्षीया गोमा सापकोटा घाईते भएकी हुन् । दुर्घटनामा दुवै खुट्टा फ्याक्चर भएकी उनको वि।एण्ड।वि अस्पताल ग्वार्को ललितपुरमा उपचार भैरहेको छ । आज बिहान साढे ५ बजे, बा ४ ख ८६०३ नम्बरको ट्रकले बा ८९ प ४३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुवै सवारी साधन र ट्रक चालकलाई महानगरिय प्रहरी वृत्त चापागाँउले नियन्त्रणमा लिएको छ ।