Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै

Wednesday, February 7, 2018 National Power

 

२४ माघ, रोल्पा – जिल्ला ट्राफिक कार्यालय रोल्पाका अनुसार पछिल्ला दिनमा रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै गएको छ । विगतका वर्षमा भन्दा हाल जिल्लामा धेरै सवारी साधन सञ्चालनमा रहे पनि सडक दुर्घटनामा भने कमी आएको जिल्ला ट्राफिक कार्यालय रोल्पाका निमित्त प्रमुख प्रहरी हबल्दार शेरबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले समय समयमा जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपछि दुर्घटना न्यूनीकरण हुन थालेको हो । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक कार्यालयले यातायात व्यवसायी, बजार व्यवस्थापन समिति, जिल्लाका विभिन्न विद्यालय तथा अन्य सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बजार क्षेत्रभित्र जथाभावी अव्यवस्थित रुपमा पार्किङमा राखिएका सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्नका लागि निर्देशन दिँदै आएको पनि थापाले जानकारी दिनुभयो । तर अव्यवस्थित पार्किङ भने पूर्ण रुपमा व्यवस्थित हुन नसकेको उहाँको गुनासो छ । यसरी सडक बाटोमै सवारी साधन पार्किङ गर्दा सडक दुर्घटना हुनसक्ने भएको हुँदा यसतर्फ सबैको ध्यानाकर्षण हुनुपर्नेमा उहाँको जोड छ ।