Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

नेपालले भोलि आयोजक नामिबियाको सामना गर्दै

Wednesday, February 7, 2018 National Power

२४ माघ,काठमाण्डौ – भोलिदेखि नामिबियामा सुरू हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा सहभागी हुन नामिबिया पुगेको नेपाली क्रिकेट टिमले कडा अभ्यास गरिरहेको छ।

नामिबिया पुगेपछि नेपाली क्रिकेट टिमले सोमबार र मंगलबार जमेर अभ्यास गरेको नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । नेपाली टिमलाई मुख्य प्रशिक्षक जगत टमाटा र भारतीय प्रशिक्षक सुलक्षण कुलकर्नीले प्रशिक्षण गराईरहेका छन्। मंगलबार नेपाली टिमले वन्डरर्स क्रिकेट क्लब मैदानमा ब्याटिंङ तथा फिल्डिङको अभ्यास गर्‍यो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि बिहिबार नेपाली समय अनुसा दिउँसो १: १५ बजे आयोजक नामिबियाको सामना गर्दैछ। दोस्रो खेल शुक्रबार ओमानसँग, तेस्रो खेल आइतबार युएईसँग, चौथो खेल सोमबार केन्यासँग तथा लिगको अन्तिम खेल बुधबार क्यानडासँग खेल्ने कार्यक्रम छ।

डिभिजन(२ को उत्कृष्ट(२ भित्र पर्नेसके नेपाल सन् २०१९ को विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ।