Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु

Wednesday, February 7, 2018 National Power

 

२४ माघ,रुकुम – रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

केही समय पहिले यहाँ हिमपात भएपछि अत्यधिक चिसोका कारण पाँच दिनसम्म लगतार पखाला चलेर बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, रुकुम पूर्वका जनस्वास्थ्य अधिकृत शिव सार्कीले जानकारी दिनुभयो । बालिकाको गत आइतबार साँझ मृत्यु भएको भए पनि दुर्गम ठाउँ भएकाले ढिला गरेर सूचना आएको उहाँको भनाइ छ ।

चिसोका कारण अहिले पनि गाउँपालिका–१० को तकसेरामा धेरै जसो मानिसमा कोल्ड डायरियाको समस्या रहेको जनस्वास्थ्य अधिकृत सार्कीले बताउनुभयो । कोल्ड डायरियाले प्रकोपको रुप नलिएको भएपनि बिरामीको संख्या १५ देखि २० जनासम्म रहेको जानकारी आएको उहाँको भनाइ छ ।