Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

महोत्सवमा व्यस्त गायक रमेश श्रेष्ठ “मेलोडी”

Tuesday, February 6, 2018 National Power

२३ माघ , काठमाडौं – विगत लामो समयदेखि नेपाली गीतसंगीत क्षेत्रलाई अमूल्य योगदान दिँदै आएका गायक तथा संगीतकार रमेश श्रेष्ठ मेलोडी दर्शक स्रोताको लागि कुनै नौलो नाम हैन ।

विगत २०६० सालदेखि औपचारिक संगीत शिक्षा लिई संगीत क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ दोलखा भिमेश्वरी–११ मकैबारीमा बुबा अम्बर बहदुर श्रेष्ठ र आमा विष्णु माया श्रेष्ठकी कोखबाट जन्म लिई दोलखाको रमणीय एवं पर्यटकीयस्थल गौरीशंकर हिमाल पर्वत काखको वरिपरि हुर्किएर कर्मथलो बनाउन राजधानी प्रवेश गरेका हुन् ।

हाल उनी भक्तपुर चागुनारायणमा बस्दै आएका छन । तीन दर्जनभन्दा बढी संगीत सिर्जना र दुई दर्जनभन्दा बढी आफ्नो सांगीतिक आवाज दिई सकेका गायक तथा संगीतकार श्रेष्ठको केही समय अगाडि दुई वटा एल्बम पनि सार्वजानिक गरिसकेका छन । ‘आँखा’, ‘आँखिझ्याल’ र अहिले तेस्रो नयाँ एल्बमको तयारीमा जुटेका उनले जानकारी दिएका छन् ।

हातमा पूजाको थाली, कसिएको मनको गाँठो, जोडेर अन्तै र दुखाएर बोलको गीतहरु उनले दिएको संगीतमा स्रोताहरुले रुचाईएका गीतमा पर्दछन् । उक्त गीत गायक शिव परियारको आवाजमा रहेको छ भने राधेश्याम निराश, सुमन मैनाली, पृतम थापा मगर र प्रदिप थापाको शब्द रहेको छ । प्रमोद खरेलको आवाजमा सजिएको ‘सँगै जिउने’ र क्रिकेट सम्बन्धी गीत पनि रहेको छ यस गीतमा भने शब्द रोहित घिमिरेको रहेको छ ।

यसै क्रममा रामचन्द्र काफ्ले र शेलीना कुँवरको तीज गीत केही समय अगाडि सार्वजानिक गरिएको थियो । यस गीतलाई स्रोता एवं दर्शकदीर्घले अत्याधिक रुपमा रुचाएको थियो । हाल भने मेलिना राई र सबिन लिम्बू आङ्वोको गीत रेकर्डको तयारीमा र साहिमा श्रेष्ठसँगको युगल गीत ‘पानी तालमा छ’ बोलको गीत रेकर्ड भैसकेको छ । यो गीत भने स्रोताहरुको रोजाईमा पर्ने गायक एवं संगीतकार मेलोडी बताउँछन् ।

मेलोडी आहिले चलिरहेको विभिन्न मेला मोहत्सवको रोजाईमा पर्ने गायकमा पर्दछन र उनी कुशल कार्यक्रम सञ्चालकको रुपमा समेत काम गर्दै आएका छन । धेरै व्यस्तताका वावजुत पनि छिट्टै सोलो एल्वमको तयारीमा रहेको उनी बताउँछन् । अमेरिकामा बसी नेपाली गीत सिर्जनामा व्यस्त रहेकी बरिष्ठ गीतकार अम्बिका गुरुङको एकल शब्दमा गायक रमेशले एकल संगीत र स्वरमा एल्वम बजारमा ल्याउने तयारीमा जुटेका छन ।

यसै एल्वममा आउन लागेको ‘मेरो देश नेपाल राष्ट्रीय स्वदेश गान र अल्झियो’ दुई वटा गीत भने युट्युव मार्फत लरिक्स भडियो सार्वजानिक भएको छ । पप शैलीमा रहेको एल्वमलाई भावसागर संस्थाले बजार व्यवस्थापन गर्ने भएको छ ।

रमेशले माधव राज खरेलको शव्द शशिविक्रम थापाको स्वरमा रेकर्ड भएको खै त रात छिप्पिएकै छैन भन्ने गीतवाट आफ्नो संगीतिक यात्रा सुरु गरेका हुन् ।