Sunday 5th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

आजको ट्राफिक अपडेट

Monday, February 5, 2018 National Power

२२ माघ, काठमाण्डौ – कलंकी, कोटेश्वर, चावहिल, मित्रपार्क, नारायणगोपाल चोक हुदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । यस संगै, सोह्रखुट्टे, लैनचौर, केशरमहल, बानेश्वर , बबरमहल, थापाथली, माईतीघर, कालमिाटी, टेकु, टंकेश्वर हुदै संचालन हुने सवारी साधन पनि चापमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । बिहानको पिक आवरमा बढेका सवारीका कारण चापको अवस्था रहेको हो । सवारी चाप रहेको स्थानहरुमा ट्राफिक व्यवस्थापनको कार्य भैरहेको छ । यस संगै, नागढुंगा स्थित झ्याप्ले मोडमा सवारी साधन बिग्रीएका कारण उक्त स्थान हुँदै संचालन हुने सवारी साधन क्युमा चलिरहेका छन् । बाँकी नाकाहरुको सवारी आवगमन भने सामान्य रहेको छ ।

बर्दियाको बढैयाताल गाँउपालीका ८ बर्मलीमा आज ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । बढैयाताल गाँउपालीका ८ का ३१ बर्षीय भक्त बहादुर क्षेत्रीको मृत्यु भएको हो । क्षेत्री सवार रहेको भे ४ प ५९८४ नम्बरको मोटरसाईकललाई भे १ ख ५२८ नम्बरको ट्रकले आज बिहान साढे ८ बजे, ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका क्षेत्रीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मैनापोखरीले जनाएको छ । दुर्घटनामा समलग्न ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको माछापोखरीमा आज बिहान मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा दुवै सवारीका चालकहरु घाईते भएका छन् । बा ६१ प ५८५९ नम्बरको मोटरसाईकल र बा ४० प ५३७७ नम्बरका स्कुटर आपसमा ठोकिएका हुन् । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक नुवाकोट ककनी ६ घर भई हाल तार्केश्वर नगरपालीका ९ का मुकेश लामा र स्कुटर चालक नुवाकोटकै सितलवेसी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने अर्जुन थापाको ग्रिनसिटी अस्पताल धापासीमा उपचार भैरहेको छ । आज बिहान ८ बजे, सो दुर्घटना भएको हो । दुवै सवारी साधनलाई महानगरिय ट्राफिक प्रहरी प्रभाग गोंगबुले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालीका १३ मा आज मोटरसाइकको ठक्करबाट साईकलयात्री घाईते भएका छन् । लु १९ प ७९६७ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएका साइकल यात्री रुपन्देहीको रोहणी गाँउपालीका २ का ५५ बर्षीय ताजुदिन मुसलमानको भिम अस्पताल भैरहवामा उपचार भैरहेको छ । बिहान ९ बजे, भएको सवारी दुर्घटनामा संलग्न मोटरसाईकल चालकलाई सवारी साधन सहित संघिय प्रहरी ईकाई कार्यालय भैरहवाले नियन्त्रणमा लिएको छ ।

 

##traffic.nepalpolice.gov.np##