Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बिवाह बन्धनमा बाधिदै छन् ” Nepal Thai Boxing Association ” का अध्यक्ष तथा अन्तरास्ट्रिय खेलाडी नमराज भण्डारी |

Monday, February 5, 2018 National Power

 २२ माघ,काठमाण्डौ – खेल्नु सानै देखिको रुचि थियो | अरु भन्दा फरक पहिचान खेलको दुनियामा बनाउनु पर्छ भन्ने मान्यता अनि प्रतिस्पर्धामा देखिएको चुनौतिको सामना र केहि सेकेन्ड पाएको अबसरको सामना गर्नु पर्ने अवस्था अनि शारीरिक पिडा त छुट्टै थियो | सामाजिक, आर्थिक, मानसिक, तनाब बोकेर गरेको खेल यात्राको सफलता संघर्ष भन्दा कैयौ गुणा महत्वपूर्ण थियो | अबिरज खेल जीवनले धेरै उतारचडाब निम्त्याय पनि सफलताको लागि अगाडी बढ्ने व्यक्तिले शत्रु र मित्रु सबैको सामना गर्नु पर्छ भने सोच भएर अगाडी बढेका खेलाडी हुन् नमराज भण्डारी | हात भाचिने, खुट्टा, भाचिने, नाक फुट्ने, दाँत झर्ने जस्ता घटनाले खेल जीवनलाई प्रभाब पर्नु हुन्न भन्ने सोच छ भण्डारीको |

उनको सानै देखिको इच्छा हो खेलकुद | टि भी हेरेर पनि सिक्थे, ईटा फुटाउने, क्रियाकलाप गर्थे |११ बर्षको हुदा देखि खेल जिबनमा प्रवेश गरेका थिए| सुरुमा केकोसिन हुदै, सिन्जिन, क्वानमुकान, वादोरियो, सितेरियो,बक्सिङ्ग जस्ता सबै खेलमा दख्खल छन् उनि |खेलमा नाम कमाएका भण्डारीको बाल्यकाल संघर्षपूर्ण थियो |उनि दुई बर्षको हुदा आमाले संसार छाडिन |बुबाले अर्को आमा बिहे गरे |दुख सुख वास्ता नगरी अगाडी बढ्दै गए | पढाई भन्दा खेलमै बढी इच्छा थियो उनलाई | उनि २००७ सालमा थाईल्याण्ड मा MuayThai सिक्न गए | बिस्व प्रसिद्ध खतरनाक खेल MuayThai अब नेपालमा भित्राउनु पर्छ भनेर लागे र नेपालमा बिधिबत रुपमा खेल संचालन गरे |

११ वर्ष नेपालमा MuayThai सिकाई सकेका छन् उनले  १० वर्ष अगाडी World MuayThai Championship मा तेस्रो स्थान हासिल गरेका थिए र हाल उनका खेलाडी हरुले बर्षे पिछि सफलता हासिल गरिरहेका छन् |खेल जिबन मात्र नभई अब के हि दिन पछि उनि जिबन साथीको साथमा हुनेछन | अरुणा अधिकारी संग बिबाह हुदै छ उनको माघ २४ गते | नेपालको खेल क्षेत्रमा अमुल्य योगदान दिने भण्डारीको सफल बैबाहिक जिबनको शुभकामना |