Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

रुपचन्द्रले शुरु गरेको कृषि कर हटेपछि चन्दा उठाएर विद्यालय सञ्चालन

Monday, February 5, 2018 National Power

२२ माघ,  मकवानपुर- तीसको दशकसम्म स्थानीय कृषकबाट उत्पादित तरकारीमा लगाइने करको केही हिस्सा पाउँदै आएको जनकल्याण माध्यमिक विद्यालयले अहिले आम्दानीका अन्य स्रोतमा भर पर्नु परेको छ । थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टले थालनी गरेको सो कृषि करले विद्यालयको आर्थिक संकट टर्ने गरेकामा हाल सरकारको न्यून बजेटको मारमा विद्यालय परेको हो । केन्द्र र स्थानीय सरकारबाट पाउने अनुदानबाट नपुगेर विद्यालयले अभिभावक र अन्य स्रोतबाट चन्दा सहयोग जुटाएर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिलाउन पहल गरिरहेको छ ।

विद्यालय शुरुआतका समयमा आर्थिक संकट हुँदा तत्कालीन प्रधानाध्यापक रुपचन्द्र विष्टको नेतृत्वमा पालुङ विकास समिति २०३१ गठन गरी कृषि करको अभियान थालनी भएको थियो । स्थानीय रुपमा उत्पादित आलु र अन्य तरकारीमा प्रतिधार्नी नौ पैसा कर लगाई त्यसको ६० प्रतिशत विद्यालय तथा ४० प्रतिशत पूर्वाधार विकासमा खर्चने गरिएको प्रधानाध्यापक सानोभाइ कार्कीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष झलकचन्द्र विष्ट हुनुहुन्थ्यो । संयोग थाहा नगरपालिकाका प्रमुख पनि लवशेर विष्ट नै हुनुहुन्छ । विष्टहरुकै त्याग र बलिदानबाट विद्यालय यहाँसम्म आइपुगेको शिक्षकहरु बताउँछन् । सोही विद्यालयमा पढेका प्रअ कार्कीले दुई दशकयता कृषि करको हिस्सा विद्यालयले पाउने प्रणाली हटेको र हाल स्थानीय सरकारले सो कर उठाई उसको वार्षिक बजेटका आधारमा विद्यालयले मागेको आधारमा केही रकम दिने गरेको जनाउनुभयो ।