Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या

Monday, February 5, 2018 National Power

२२ माघ, बैतडी – बैतडीका आधाभन्दा बढी स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा समस्या भएको छ । जिल्लामा रहेका १० स्थानीय तहमध्ये ६ वटा स्थानीय तहका केन्द्रमा विद्युत् सेवा पुग्न सकेको छैन । स्थानीय तहका केन्द्रमा विद्युत् सेवा नहुँदा सरकारी कामकाजमा समेत बाधा पुगेको स्थानीय तहले जनाएका छन् ।

विद्युत्को अभावमा नगरपालिकाले प्रदान गर्ने सेवामा समस्या भएको मेलौली नगर कार्यपालिकाका सदस्य सुरत पार्कीले बताउनुभयो । विद्युत्को अभावमा गाउँपालिकाले प्रदान गर्ने सेवामा समस्या भएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सिगास गाउँपालिका दुर्गम गाउँपालिका भएकाले विद्युत्बाट हुने कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।”

यस्तै पञ्चेश्वर गाउँपालिकाले पनि गाउँपालिकाको केन्द्रसम्म विद्युत् नहुँदा काम गर्न समस्या भएको जनाएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केन्द्रमा विद्युत् पुगेको छैन् । विद्युत् नपुगेका स्थानीय तहले विद्युत् सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीलाई आग्रह गरेको भए पनि बजेटको अभावमा तत्काल विद्युत् सेवा विस्तार गर्न सकिने अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर महानन्द भट्टले बताउनुभयो ।