Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

यी दुई सेलिब्रेटीले आज जन्मदिन मनाउँदैछन् 

Sunday, February 4, 2018 National Power

२१ माघ , काठमाण्डौ – नेपाली सुगम संगीतका चर्चित एवं लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ र नेपाली सिनेबृत्तकी सदाबहार नायिका करिश्मा मानन्धरले आज जन्मदिन मनाउँदैछन् ।

सन्तोष श्रेष्ठ
लोक सङ्गीत हुँदै सुगम सङ्गीतको क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ करिब १८ वर्षदेखि नेपाली संगीत क्षेत्रमा अत्यन्त सक्रिय छन् । सन्तोष श्रेष्ठद्वारा संगीतवद्ध तिमीले पराई ठानेपछि बोलको गीत डिजिटल संगीतको सीआरबीटीमा नेपाली गीतसंगीतको इतिहासमै सबैभन्दा बढी डाउनलोड हुन सफल भयो ।

सयौं गीतमा संगीत भरेका उनका थुप्रै गीतहरु हिट भएका छन् । आउँछु भनि निष्ठुरीले, परेलीको बर्सातले, तिमीलाई सन्चो छैन, तिमीले भुल्न सके पनि लगायतका गीत कालजयी बनेका छन् । २१ वटा एल्बम दिएर नेपाली संगीतमा सक्रियता देखाएका श्रेष्ठले केहि वर्ष अघि एकल साँझ पनि गरिसकेका छन् । त्यस्तै एकल गजल गायन र एकल राष्ट्रिय गीत गायनमा समेत प्रस्तुत भइसकेका श्रेष्ठलाई नेपाली संगीत क्षेत्रमा अब्बल दर्जाका संगीतकारको पंक्तिमा राखिन्छ ।

करिश्मा मानन्धर

सन् १९७४ मा आजकै दिन जन्मिएकी नाम नै ‘ब्रान्ड’ जस्तै लाग्ने करिश्मा मानन्धरले पनि आज जन्मदिन मनाउँदैछिन् । ललितपुरको झरुवारासीमा जन्मिएकी करिश्माले २०४२ सालमा पहिलो चलचित्र ‘सन्तान’मा दोस्रो मुख्य भूमिकामा अभिनय गरिन् ।
सन्तानको अभिनय पश्चात मानन्धरले उनले आफ्नो अभिनय करियरमा पछाडी फर्केर हेर्नु परेन । करिब २०० चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

दंगाफसाद(हिन्दी), भाउजू, रणभूभि, वसन्ती, ट्रक ड्राइभर, गोपीकृष्ण, पापीमान्छेजस्ता दर्जनौं चलचित्र खेलिन् । पछिल्लो समयमा नयाँ शक्ति पार्टीमा राजनीतिमा सक्रिय रहेकी छिन् ।

नेपाली संगीत क्षेत्र र सिने क्षेत्रका लोकप्रिय सेलिब्रटीहरु संगीतकार सन्तोष श्रेष्ठ र अभिनेत्री करिश्मालाई जन्मदिनको उपलक्ष्यमा
नेशनल पावर न्यूज डटकम परिवारको तर्फबाट लाखौं लाख शुभकामना ।