Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

यी दुई सेलिब्रेटीले आज जन्मदिन मनाउँदैछन् 

Sunday, February 4, 2018 National Power

२१ माघ , काठमाण्डौ – नेपाली सुगम संगीतका चर्चित एवं लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठ र नेपाली सिनेबृत्तकी सदाबहार नायिका करिश्मा मानन्धरले आज जन्मदिन मनाउँदैछन् ।

सन्तोष श्रेष्ठ
लोक सङ्गीत हुँदै सुगम सङ्गीतको क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ करिब १८ वर्षदेखि नेपाली संगीत क्षेत्रमा अत्यन्त सक्रिय छन् । सन्तोष श्रेष्ठद्वारा संगीतवद्ध तिमीले पराई ठानेपछि बोलको गीत डिजिटल संगीतको सीआरबीटीमा नेपाली गीतसंगीतको इतिहासमै सबैभन्दा बढी डाउनलोड हुन सफल भयो ।

सयौं गीतमा संगीत भरेका उनका थुप्रै गीतहरु हिट भएका छन् । आउँछु भनि निष्ठुरीले, परेलीको बर्सातले, तिमीलाई सन्चो छैन, तिमीले भुल्न सके पनि लगायतका गीत कालजयी बनेका छन् । २१ वटा एल्बम दिएर नेपाली संगीतमा सक्रियता देखाएका श्रेष्ठले केहि वर्ष अघि एकल साँझ पनि गरिसकेका छन् । त्यस्तै एकल गजल गायन र एकल राष्ट्रिय गीत गायनमा समेत प्रस्तुत भइसकेका श्रेष्ठलाई नेपाली संगीत क्षेत्रमा अब्बल दर्जाका संगीतकारको पंक्तिमा राखिन्छ ।

करिश्मा मानन्धर

सन् १९७४ मा आजकै दिन जन्मिएकी नाम नै ‘ब्रान्ड’ जस्तै लाग्ने करिश्मा मानन्धरले पनि आज जन्मदिन मनाउँदैछिन् । ललितपुरको झरुवारासीमा जन्मिएकी करिश्माले २०४२ सालमा पहिलो चलचित्र ‘सन्तान’मा दोस्रो मुख्य भूमिकामा अभिनय गरिन् ।
सन्तानको अभिनय पश्चात मानन्धरले उनले आफ्नो अभिनय करियरमा पछाडी फर्केर हेर्नु परेन । करिब २०० चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

दंगाफसाद(हिन्दी), भाउजू, रणभूभि, वसन्ती, ट्रक ड्राइभर, गोपीकृष्ण, पापीमान्छेजस्ता दर्जनौं चलचित्र खेलिन् । पछिल्लो समयमा नयाँ शक्ति पार्टीमा राजनीतिमा सक्रिय रहेकी छिन् ।

नेपाली संगीत क्षेत्र र सिने क्षेत्रका लोकप्रिय सेलिब्रटीहरु संगीतकार सन्तोष श्रेष्ठ र अभिनेत्री करिश्मालाई जन्मदिनको उपलक्ष्यमा
नेशनल पावर न्यूज डटकम परिवारको तर्फबाट लाखौं लाख शुभकामना ।