Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रगतिशील युवा संघ नेपालको राष्ट्रिय भेला सम्पन्न

Sunday, February 4, 2018 National Power

२१ माघ,काठमाण्डौ – प्रगतिशील युवा संघ नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । नेकपा मालेको पार्टी कार्यालय रातो पुलमा भएको भेलाका प्रमुख अतिथि नेकपा मालेका महासचिव सिपी मैनाली रहनुभएको थियो  ।  भेलाको उद्घाटन सत्रमा बोल्दै महासचिव मैनालीले युवासंघलाई अझ शसक्त र बलियो बनाउन सक्पुर्ण पार्टी प्रतिनिधिहरुले सक्रियताका साथ लाग्नु पर्ने बताउनुभयो । साथै आगामि दिनमा संघलाई प्रदेश स्तरिय बनाउदै लिनु पर्ने र यसको लागि सबैले आ आफ्नो तर्फबाट सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।


संगठन विस्तारको सुरुवात गर्दै भेलाले सातवटै प्रदेशका लागि युवासंघका जनप्रतिनिधिहरु समेत चयन गरेको छ । जस अन्तर्गत प्रदेश नम्बर १ का लागि उद्धिम खड्का, प्रदेश नम्बर २ रोहित कुमार मण्डल, प्रदेश नम्बर ३ बसन्त पाण्डे,  प्रदेश नम्बर ४ दिलिप क्षेत्री,  प्रदेश नम्बर ५ अशोक पाण्डे , प्रदेश नम्बर ६ टेक बहादुर केसी र प्रदेश नम्बर ७ को लागि मिरा नेपालीलाई चयन गरेको छ ।

युवा संघका कोषाध्यक्ष राजन थापको अध्यक्षतामा सम्पन्न भेलामा विशेष अतिथि कुमार बेलवासे, अतिथि नेकपा मालेका पोलिट ब्युरो सदस्य निलम केसी, कृष्ण राना,सुरेन्द्र ढकाल,केदार गिरी, शालिकराम तिमिल्सिना, शिद्धि महर्जन, टी आर दियाली कपिल पोख्रेल लगायतकाको सहभागिता रहेको थियो ।