Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Friday, February 2, 2018 National Power

१९ माघ, सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा गएराती ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराती पौंने १० बजे ना ४ ख ५९१४ नम्बरको ट्रकले ठक्कर दिदा को ७ प ५० नम्बरका मोटरसाइकल चालक अन्दाजी ३५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको सनाखत हुन बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको क्रममा वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रातीनै मृत्यु भएको हो । ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
#ktmtraffic