Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Friday, February 2, 2018 National Power

१९ माघ, सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका ६ मा गएराती ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराती पौंने १० बजे ना ४ ख ५९१४ नम्बरको ट्रकले ठक्कर दिदा को ७ प ५० नम्बरका मोटरसाइकल चालक अन्दाजी ३५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको सनाखत हुन बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको क्रममा वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रातीनै मृत्यु भएको हो । ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
#ktmtraffic