Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

कसै, कसैलाई सन्तान, सजिलो छ जन्माउन

Thursday, February 1, 2018 National Power

कसै, कसैलाई सन्तान, सजिलो छ जन्माउन….

कसै, कसैलाई सन्तान, सजिलो छ जन्माउन
 छोरालाई पितृ सम्पतिमा सजिलो छ रमाउन ।।

हाम्रो देश नेपालमा गरीबको हालत पतला छ स
 बाउआमालाई गाह्रो, छोराछोरी बिहे गरि अन्माउन ।।

हामी सोझा नेपाली जनतालाई ढाँट, छल गरि स
 नेतागण र कर्मचारीलाई दाउ छ पैसा कमाउन ।।

तै रानी मै रानी कसले भर्ला कुवाको पानी भने झैं स
 ठूलो पार्टी राहु छ, साना पार्टीहरूलाई दबाउन ।।

ए कान्छी, ठुटे नेता र फुट्ने पार्टीको कुरा छाड्देउ स
 मलाई आवश्यक छ, तिमीलाई यो मुटुमा सजाउन ।।
  • राजकुमार श्रेष्ठ, झापा ( हाल कतार ।