Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विमारीहरुलाई २० प्रकारको सुविधा दिंदै मेगा अस्पताल

Thursday, February 1, 2018 National Power

विमारीलाई अस्पाल जान अभिप्रेरित गर्न झाँक्रीसंग सहकार्य गर्दै

काठमाण्डौ – ललितपुरको सानेपा, धोविघाटमा अवस्थित मेगा अस्पतालले २४ सै घण्टाको आकस्मिक सेवा सहितको विमारीहरुलाई विभिन्न प्रकारका २० विधामा सेवा सुविधा दिंदै आईरहेकोछ । विशेषज्ञ डाक्टरहरुद्धारा विमारीको जाँच गरिने वताईएको मेगा अस्पतालमा यतिवेला विमारीहरुको उपस्थिति राम्रो रहेको पाईएको छ ।


आकस्मिक सेवा, ल्याव सेवा, अप्रेसन, जनरलसेवा, हाडजोर्नी ,नाक कान घाँटी, वाल रोग, स्त्रि रोग लगायत २० प्रकारको सुविधा दिंदै आएको अस्पतालले टेलिमेडिसिन, बुढापाकाहरुको सेवा, परामर्श सेवा, डट्स सेवा, मातृ तथा शिशु सेवा, सामुदायिक स्वस्थ्य सेवा, सुरक्षित गर्भपतन सेवा, पाठेघर खसेको विशेष सेवा लगायतका अन्य सेवाहरु पनि दिंदै आईरहेकोछ ।

स्वास्थ्य नै जीवनको अमुल्य सम्पति हो भन्ने मुल नारा वोकेको अस्पतालले पुर्ण शरिरको (होल वर्डी) परिक्षण पनि न्यून शुल्कमा गरिरहेको वाताएको छ भने वेला वखतमा विमारीहरुलाई स्वास्थ्य परिक्षण गर्न अभिप्रेरित गर्ने उदेश्यले निःशुल्क शिविरको पनि संचालन गर्दै आईरहेको छ ।

महिलाहरुमा देखिएका सम्पुर्ण समस्याहरुको निदान एवं उपचार गर्दै आईरहेको अस्पतालले यसै हप्ता राजधानीमा एक कार्यक्रम गरी पुरातन सोच तथा तन्त्र विद्यामा विश्वास गर्ने विमारीहरुलाई आफुमा भएको विमारको निदानका लागी अस्पतालसम्म जानु पर्छ भन्ने चेतना अभिवृद्धि गर्ने कार्य गरेको थियो । अहिले पनि दुर दराजका ग्रामिण भेग मात्रै नभएर राजधानी जस्तो सुविधा सम्पन्न र शिक्षितको जमातरहेको ठाउँमा पनि धामी झक्रीको विश्वास गर्ने प्रचलन रहेको छ , तर अस्पालले झाँक्रीहरुकै सक्रियतामा विमारीहरुलाई अस्पताल पठाउनका लागी यस्तो कार्यक्रम गरिएको वताएको छ ।