Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

प्रदेश नम्बर ३ को पहिलो बैठक सुरू

Thursday, February 1, 2018 National Power

१८ माघ, काठमाडौं – प्रदेश नम्बर ३ को पहिलो बैठक सुरू भएको छ । प्रदेशमुकाम हेटौँडमा बैठक दिउँसो एक बजेबाट सुरु हुन लागेको हो ।

११० जना सांसद रहेको प्रदेश ३ को आजको बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने र प्रदेशका दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची रहेको एमाले सांसद रामेश्वर फुयाँलले जानकारी दिए । त्यस्तै, आजको बैठकले प्रदेशको सभामुख निर्वाचनको मितिसमेत घोषणा गर्नेछ ।

उनका अनुसार बैठकमा प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो । अन्य कुनै पनि प्रदेशसभाको पहिलो बैठक बसेको छैन ।

३ नम्बर प्रदेशसभामा एमालेका ५८, कांग्रेसका २१ माओवादी केन्द्रका २३, विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टीका १, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चाका १–१ गरी कुल ११० सांसद रहेका छन् ।

संविधानअनुसार निर्वाचन मिति घोषणा भएको मितिले ३० दिनभित्रमा प्रदेश सरकार गठन गरिसक्नुपर्ने छ भने पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्नेछ ।

प्रदेश नम्बर ३ मा एमाले एक्लेको बहुमत ९५८ सांसद० छन् । प्रदेश नम्बर ३ मा एमाले–माओवादीले मुख्यमन्त्री र सभामुख एमालेकै भागमा पर्ने गरी यसअघि नै पद बाँडफाँड गरिसकेका छन् ।

Live Video : https://www.youtube.com/watch?v=4jGH-2Fr34Q