Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रदेश नम्बर ३ को पहिलो बैठक सुरू

Thursday, February 1, 2018 National Power

१८ माघ, काठमाडौं – प्रदेश नम्बर ३ को पहिलो बैठक सुरू भएको छ । प्रदेशमुकाम हेटौँडमा बैठक दिउँसो एक बजेबाट सुरु हुन लागेको हो ।

११० जना सांसद रहेको प्रदेश ३ को आजको बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने र प्रदेशका दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची रहेको एमाले सांसद रामेश्वर फुयाँलले जानकारी दिए । त्यस्तै, आजको बैठकले प्रदेशको सभामुख निर्वाचनको मितिसमेत घोषणा गर्नेछ ।

उनका अनुसार बैठकमा प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो । अन्य कुनै पनि प्रदेशसभाको पहिलो बैठक बसेको छैन ।

३ नम्बर प्रदेशसभामा एमालेका ५८, कांग्रेसका २१ माओवादी केन्द्रका २३, विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टीका १, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चाका १–१ गरी कुल ११० सांसद रहेका छन् ।

संविधानअनुसार निर्वाचन मिति घोषणा भएको मितिले ३० दिनभित्रमा प्रदेश सरकार गठन गरिसक्नुपर्ने छ भने पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्नेछ ।

प्रदेश नम्बर ३ मा एमाले एक्लेको बहुमत ९५८ सांसद० छन् । प्रदेश नम्बर ३ मा एमाले–माओवादीले मुख्यमन्त्री र सभामुख एमालेकै भागमा पर्ने गरी यसअघि नै पद बाँडफाँड गरिसकेका छन् ।

Live Video : https://www.youtube.com/watch?v=4jGH-2Fr34Q