Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

पिएमपी डिआइडीको सेमि–फाइनल राउण्ड सम्पन्न, फाइनल फाल्गून ७ मा हुने

Wednesday, January 31, 2018 National Power

१७ माघ,दाङ – बहुचर्चित नृत्य बिद्याको महासंग्राम राष्ट्रव्यपी नृत्य बिद्याको महासंग्राम पिएमपि डान्सआइकन दाङ सिजन २ को सेमि–फाइनल राउण्ड गत शनिबार घोराहीमा सम्पन्न भएको छ ।

रणनैतिक संयोजक बिष्णुकुमार देवकोटाको सभाअध्यक्षता एवं सामाजिक अभियन्ता तथा महिला नेतृ साजिदा सिद्धिकिको प्रमुख आतिथ्य तथा टाइटल प्रायोजक पिएमपि पोल्ट्रि फर्म एण्ड फ्रेस हाउस का प्रोपराईटर पोषण नाथ योगिको विसिस्ट आतिथ्यमा सम्पन्न सेमि फाइनल राउण्ड सम्पन्न भएको डिटेन इन्टरटेन्मेन्टका प्रमुख सल्लाहकार केशव नेपाली ले जानकारी दिनुभयो ।

सेमि फाइनल राउण्डबाट फाइनल राउण्डका लागि सल्यान बाट हिरालाल परियार, जानकी रोका, समिक्षा बस्नेत र कमला बि.क, सलिना पुन, प्युठानी स्टूनर्स ग्रुप, मेगा पुन, सुरज निशाद, सवता के.सी.,माया योगी,भुपेन्द्र नेपाली, उषा ठेडी,सागर वलि, प्रियङ्का डि.सी,राकेश तामाङ्ग, उर्मिला के.सी, पर्वत पोख्रेल, अजिस वलि, कमल थारु, गंगा के.सी,कल्पना घिमिरे, तारा के.सी,अर्जुन थारु,बिमल बुढाथोकी,लक्ष्मण सोनी,शोभा बि.क., श्रीकृष्ण बस्नेत, यम राज रावत,प्रबिण गुरुङ्ग,भुपेन्द्र वलि, रीना परियार, कुनाल विकी, दिपिका रेग्मी र द लास्ट होप क्रु गरी चौतिस जना फाइनलका लागि छनौट भएको संयोजक दिपक वलिले जानकारी दिनुभयो ।

महेन्द्र पुलिस क्लव साँस्कृतिक विभागकि सदस्य गिताञ्जलि रसाईलि र डान्सर तथा कोरीयोग्राफर रितेश गौतमको जजमेन्टमा सम्पन्न सेमीफाइनल राउण्ड बाट उल्लेखित प्रतिस्पर्धीहरु फाइनलका लागि क्वालिफाई भएको संचार संयोजक दिपक बोहराले जानकारी दिनुभयो ।

सिजन १ को अपार सफलतापछि सिजन २ संचालनगरीरहेको डिटेन इन्टरटेन्मेन्ट प्रा.लिले फाइनलमा प्रबेश गरेका सबै प्रतिस्पर्धीहरुले अवार्ड आत पार्ने र कुनैपनि प्रतिस्पर्धी खालि हात घर फर्कन नपर्ने व्यवस्था मिलाएको प्रा.लिका अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।

नृत्य क्षेत्रको उन्नयनमा समर्पित प्रा.लिले बिजेताको लागी दुईलाख बढिको पुरस्कारको व्यवस्था वा १० वटा म्युजिक भिडियोहरुको व्यवस्था गरेको जनाएको छ । यस पटक जिल्लागत बिजेताहरु समेत घोषणा गरिने छ । बिजेताहरुलाई घरैसम्म पञ्चे बजासहित अभिनन्दन गरीने आयोजकले जनाएको छ ।

  • पोषण नाथ योगी