Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

मिलापको आयोजनामा गुञ्जिए गजलकार त्रय (मिलन , पवन र हरि )

Sunday, January 28, 2018 National Power

काठमाडौं –  मिलाप मासिकको आयोजनामा सर्वनाम थिएटरमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । बराह ज्वेलरीको प्रयोजनमा भएको उक्त कार्यक्रममा तीन युवा गजलकार क्रमशः मिलन शाह शंकर, हरि पंगेनी र पवन गदाल रुद्रले पाँच/ पाँच वटा गजल वाचन गरेका थिए । सो कार्यक्रमको अवसर पारेर धरोहर बाल संरक्षणको डकुमेन्ट्री देखाइएको थियो भने आश्रमकी संचालिका बिनिता अर्याललाई नगद रु पन्ध्र हजार सहित सम्मान पत्रका साथ सम्मानित गरिएको थियो ।

सोही कार्यक्रममा उक्त बाल आश्रमलाई समाजसेवी शान्ति श्रेष्ठले नगद रु दश हजारको चेक हस्तान्तरण गरिन । नायिका एवम् गायिका सारिका घिमिरेले स्वागत् मन्तव्य दिएर सुरु भएको कार्यक्रममा तीनै जना गजलकारलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार ज्ञानुकार पौडेलको हातबाट सम्मान पत्र प्रदान गरेको थियो ।

उत्त कार्यक्रममा विशिष्ट कलाकार बसुन्धरा भुषाल, कलाकार संघका अध्यक्ष राम केशर बोगटी, उत्तम के.सी., निर्मल शर्मा, लय संग्रौलाका साथै संगीतकारहरुमा राजु सिंह, राम सिटौला, सन्तोष श्रेष्ठ र ललित–कला प्राज्ञ ज्योति प्रकाश तथा संगीत–कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायतका कलाकार एवम् संगीतकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले नेपाली गजलले निकै लामो फड्को मार्दै आइरहेकोे र यसलाई निरन्तरता दिनमा आजको पुस्ता प्रयासरत रहेकोमा खुसी व्यक्त गरे ।