Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मुखको गन्ध हटाउन प्रयोग गरिने सोपका अनेक फाईदा

Sunday, January 28, 2018 National Power

सोप प्राय बिहे तथा अन्य कार्यक्रमहरुमा खानका निम्ति राखिएको हुन्छ । हामी सोप प्राय खाना खाइसकेपछि खाने गर्छौं । हामी यसलाई थोरै मात्रामा मात्रै प्रयोग गर्ने गर्छौं । यसको त्यस्तो स्वादिलो स्वाद नहुने भएतापनि हामी यसलाई प्राय प्रयोग गरिरहेका हुन्छौं ।

यसलाई हामी प्राय मुखको गन्ध हटाउन प्रयोग गर्ने गर्छौं । तर सोपले हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुर्याईरहेको हुन्छ । जुन कुराको हामीलाई ख्याल हुदैन ।

खाना खाइसकेपछि सोप खानाले हाम्रो शरीरमा पुग्ने फाइदाहरु यस प्रकार छन् .

१० चिनी वा मिश्रीसित मिलाएर सोप खाने गरेमा कब्जियतको समस्या हुदैन ।

२० सौप तथा मिश्रीको चुर्णलाई मनतातो पानीसित दैनिक सेवन गरेमा आँखाको दृस्टी बढ्ने गर्छ । यसले गर्दा आँखा तेजिलो हुन्छ ।

३० पखाला लागेको समस्यामा सोपलाई बेलको गुदीसित विहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।

४० खोकी लागेको समयमा सोपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या क्रमश हटेर जान्छ ।

५० खाना पछि सोप खानाले खाना राम्ररी पच्छ । सौपलाई जिरा तथा कालो मरीचसित मिलाएर चूर्ण बनाई मनतातो पानीसित खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ ।

६० भुटेको सोपलाई चपाएर खाएमा यसले पेट सम्बन्धि समस्या नाश गर्नुका साथै पेटको दुखाई कम गर्न मद्दत गर्छ ।

७० पेटबाट अमिलो पानी वा अमिलो डकार आएमा पनि सौपको सेवन लाभदायक मानिन्छ । थोरै सोपलाई पानीमा उमालेर त्यसमा मिश्री मिसाएर सेवन गरेमा यो समस्या तुरुन्तै कम भएर जान्छ ।

८० घाटी बसेमा होस् वा घाँटी पाछिएमा । सौपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।

९० दैनिक रुपमा सोपलाूई चपाएर खानाले छालामा समेत चमक आउँछ ।

१०० हात तथा खुट्टा झमभाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सोप र धनियालाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसित खानाले पनि हातखुट्टा पोल्न समस्या वस्तारै कम भएर जान्छ ।