Saturday 15th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

छ महिनामा रु चार करोड राजश्व संकलन

Sunday, January 28, 2018 National Power

१४ माघ, जुम्ला – करदाता सेवा कार्यालय जुम्लाले छ महिनामा रु चार करोड राजश्व संकलन गरेको छ । सानो क्षेत्रमा सेवा कार्यालयले २०७३÷०७४ को छ महिनामा रु चार करोड राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो ।

जसमा आयकरबाट रु दुई करोड ५३ लाख ७४ हजार ३८८, बहाल करबाट रु १७ लाख ३१ हजार ९८०, ब्याजकरबाट रु एक लाख २४ हजार ३८, मूल्य अभिवृद्धि करबाट रु ९५ लाख ११ हजार ४०५, अन्तः शुल्कबाट रु २३ लाख ६ हजार २३७ र शिक्षा सेवा शुल्क रु ७१ हजार ८७७ कर उठेको खत्रीले जानकारी दिनुभयो ।

यस वर्षको लक्ष्य जुम्लाबाट रु आठ करोड ४२ लाख सात हजार रहेको छ । “लक्ष्यभन्दा बढी कर उठ्ने आशा गरेका छौँ,” कर अधिकृत खत्रीले भन्नुभयो । उहाँका अनुसार छ महिनामा राखेको लक्ष्यभन्दा दुई प्रतिशत राजश्व बढी उठेको छ । चालु आवको कात्तिक महिनामा मात्र रु४२ लाख राजश्व संकलन भएको कार्यालयले जनाएको छ । गत आवमा कार्यालयले रु छ करोड ५४ लाख राजश्व उठाएको थियो ।