Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

नेविसंघ तनहुँ काठमाडौँ सम्पर्क समिति विस्तार

Saturday, January 27, 2018 National Power

१३ माघ, काठमाडौँ नेपाल विद्यार्थी संघ तनहुँ काठमाडौँ सम्पर्क समितिको कार्यसमिति विस्तार गरिएको छ । ११ माघमा काठमाडौँको गंगवुमा भएको भेलाले प्रविण कैनीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिातिको विस्तार गरिएको हो । लामो समयदेखि हुन नसकेको सम्पर्क समितिको अधिवेसनबाट कार्यसमितिमा ४ जना उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र अन्यलाइ सदस्यमा मनोनित गरेको हो ।

उपाध्यक्षहरुमा क्षेत्र नं १ (क) लक्ष्मण थापा, १ (ख) सुवास अधिकारी, २ (क) ताराबहादुर थापा २(ख) अनिल तिवारी रहेका छन् । १ (ख) का उपाध्यक्ष सुवास अधिकारी त्रिचन्द बहुमुखी क्याम्पस काठामाडौँका नेविसंघका चर्चित नेता समेत हुन् ।

त्यस्तै सचिवमा मनिष अर्याल तथा सहसचिवहरुमा केदार भण्डारी, प्रभाव खाँड, निरोज श्रेष्ठ रहेको कुरा उक्त समितिका नवमनोनित सदस्य सागर सापकोटाले जानकारी दिए ।