Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नेविसंघ तनहुँ काठमाडौँ सम्पर्क समिति विस्तार

Saturday, January 27, 2018 National Power

१३ माघ, काठमाडौँ नेपाल विद्यार्थी संघ तनहुँ काठमाडौँ सम्पर्क समितिको कार्यसमिति विस्तार गरिएको छ । ११ माघमा काठमाडौँको गंगवुमा भएको भेलाले प्रविण कैनीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिातिको विस्तार गरिएको हो । लामो समयदेखि हुन नसकेको सम्पर्क समितिको अधिवेसनबाट कार्यसमितिमा ४ जना उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र अन्यलाइ सदस्यमा मनोनित गरेको हो ।

उपाध्यक्षहरुमा क्षेत्र नं १ (क) लक्ष्मण थापा, १ (ख) सुवास अधिकारी, २ (क) ताराबहादुर थापा २(ख) अनिल तिवारी रहेका छन् । १ (ख) का उपाध्यक्ष सुवास अधिकारी त्रिचन्द बहुमुखी क्याम्पस काठामाडौँका नेविसंघका चर्चित नेता समेत हुन् ।

त्यस्तै सचिवमा मनिष अर्याल तथा सहसचिवहरुमा केदार भण्डारी, प्रभाव खाँड, निरोज श्रेष्ठ रहेको कुरा उक्त समितिका नवमनोनित सदस्य सागर सापकोटाले जानकारी दिए ।