Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

दैनिक १० मिनेट हाँस्नुहोस

Friday, January 26, 2018 National Power

हाँसो नै सबैभन्दा ठूलो ओखति हो । यो यस्तो औषधि हो जसका लागि कुनै पैसा तिर्नुपर्दैन । वास्तवमा हाँस्नका लागि कुनै विशेष कारण र स्थान चाहिँदैन । यत्तिकै हाँस्न सकिन्छ । यो सोचेर नहिच्किचाउनुस कि मानिसहरुले पागल भन्नेछन् । भन्नेहरु भन्दै गर्छन्, तपाईं हाँस्दै गर्नुहोस् । किनकी आफ्नो स्वास्थ्यको सवाल छ । अलिकति मुस्कुराउँदा तपाईंको तस्वीर सुन्दर देखिन्छ, भने सोच्नुस कि खुलेर हाँस्दा कति फाइदा होला । हाँसो सबैभन्दा ठूलो औषधि हो भन्ने भनाई सोह्रै आना सही छ । हाँस्दा हाम्रो स्वास्थ्य मात्रै होइन अनुहार पनि राम्रो हुन्छ । हाँसोले हाम्रो शरीरको मांसपेशीहरु, आँखा तथा अन्तरहृदयलाई आराम दिन्छ । यहाँ नियमित १० मिनेट हाँस्दा स्वास्थ्यलाई हुने विभिन्न १० फाइदाहरु उल्लेख गरिएको छ ।
रक्तसञ्चारमा सुधार
युनिभर्सिटी अफ मेरिल्यान्डको एक सोधअनुसार हास्नुको सम्वन्ध शरीरको रक्तसंचारसँग हुन्छ । यस अध्ययनमा सहभागीहरुलाई दुई समुहमा राखिएको थियो । पहिलो समुहलाई कमेडी कार्यक्रम देखाइयो र दोस्रोलाई ड्रामा । अध्ययनमा पाइयो कि कमेडी कार्यक्रम हेर्दै खुलेर हाँसिरहेका सहभागीहरुको रक्तसञ्चार अर्को समुहका सहभागीहरुको भन्दा निकै राम्रो थियो ।
हट्नेछ तनाव
हाँसोमा तनाव, दुख, झगडा आदि समाप्त गर्ने गजबको शक्ति हुन्छ । तपाईंको दिमाग र शरीरमाथि हाँसोले जुन प्रभाव पार्न सक्छ, दुनियाको कुनै औषधिले पार्न सक्दैन । विशेषज्ञहरुका अनुसार हाँस्नु यसकारण पनि आवश्यक छ कि यसबाट तपाईं बढि सामाजिक बन्नुहुन्छ र मानिसहरुसँग चाँडै घुलमिल हुन सक्नुहुन्छ । यसले तपाईंलाई डिप्रेसनको सम्भावनाबाट टाढा राख्छ ।
प्रतिरक्षा प्रणाली बलियो
एक अनुसन्धान अनुसार अक्सिजनको उपस्थितिमा क्यान्सरवाला कोशिकाहरु तथा थुप्रै अन्य प्रकारका हानिकारक ब्याक्टेरिया एवं भाइरस नष्ट हुन्छन् । र, हाँस्दा हामीलाई बढि मात्रामा अक्सिजन प्राप्त हुन्छ र यसले शरीरको प्रतिरक्षातन्त्र मजबुत बनाउँछ । यति मात्र होइन एक अर्को शोधका अनुसार हाँस्ने क्रममा हामी गहिरो सास लिने र छोड्ने अभ्यास गर्छौं । यसबाट शरीरमा अक्सिजनको सञ्चार राम्रोसँग हुन्छ । यसले गर्दा हामी लामो समयसम्म ताजा तथा उर्जायुक्त रहन सक्छौ ।
दुखाईमा राहत
अनेकन शोधहरुमा पाइएको छ कि स्पोन्डलाइटिस वा कम्मर दुखाई जस्ता पीडादायक समस्याहरुबाट राहत पाउनका लागि हाँस्नु पनि एक प्रभावकारी विकल्प हो । डाक्टरले लाफिङ थेरापीको मद्दतले यस्ता रोगीहरुलाई आराम दिलाउने प्रयास पनि गर्छन् । यति मात्र होइन, १० मिनेटसम्म जोड जोडले हाँस्दा दुई घन्टासम्म दुखाईबाट राहत पाउन सकिन्छ । यसले मिठो निद्रा पनि लाग्छ ।
सकारात्मक उर्जा
हँसिमजाकले आफ्नो मन र मस्तिष्कको बोझ हल्का मात्रै गर्न सक्नुहुन्न, आफूभित्र सकारात्मक उर्जाको सञ्चार पनि गर्न सकिन्छ । सकारात्मक रहेको अवस्थामा जुनसुकै काम गर्दा त्यसमा अझै राम्रो ध्यान केन्द्रित गर्न सकिन्छ । केही बेर खुलेर हाँस्दा मांसपेशीहरुमा कमसे कम ४५ मिनेटसम्म रिल्याक्स महसुस हुन्छ । यसका अलावा हाँस्नुले तपाईंको रोग प्रतिरोधक क्षमता पनि बढ्छ । भनिन्छ कि एक सकारात्मक व्यक्तीले आफ्नो वरिपरी खुशी र आनन्दको सञ्चार गर्न सक्छ ।
मुटु बलियो बनाउँछ
हाँस्दा हृदयको एक्सरसाइज पनि हुन्छ । रक्तसञ्चार राम्रो हुन्छ । हाँस्दा शरीरबाट एन्डोफिर्न नामक रसायन निस्किन्छ जसले हृदयलाई मजबुत बनाउँछ । नियमित हाँस्नाले हार्ट अट्याकको सम्भावना पनि घट्ने विभिन्न अनुसन्धानबाट पाइएको छ ।
रोगहरुबाट बचाउँछ
यदि हरेक विहान हास्य ध्यान योगा गर्ने हो भने दिनभरी तपाईंमा प्रशन्नता तथा स्फुर्ति छाउँछ । यदि रातमा यो योग गर्ने हो भने मिठो निद्रा पर्छ । हाँस्य योगले हाम्रो शरीरमा केही हर्मोन्सको क्षय हुन्छ जसले मधुमेह, पिठ्यू दुखाई तथा तनावबाट पिडित व्यक्तिहरुलाई फाइदा मिल्छ ।
चाउरी रोक्छ
जोडदार हाँसोले अनुहारका मांशपेशीहरुको एक्सरसाइज हुन्छ । यसले गर्दा अनुहार चाँडै चाउरी पर्दैन । त्यसैले यसलाई नेचुरल कस्मेटिक पनि भन्न सकिन्छ किनकी यसले अनुहारलाई सुन्दर बनाउँछ । धेरै हाँस्ने व्यक्तिहरु लामो समयसम्म युवा देखिने विशेषज्ञहरु बताउँछन् ।