Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

काल

Friday, January 26, 2018 National Power

कालले चिहाई रहेछ मलाई, मानौ म सम्म आईपुग्ने
बाटो विराएको छ उसले ।
तर उ जुन बाटो भएर आए पनि भेट्ने छ मेरो घर 
आई पुगेको भने छैन, 
साच्चै मलाई नै लिन आएको हो त ?

आफ्नै मृत्यु लाई कल्पना गरे मैले
आँगन र पिडि भरी मान्छेको भिड 
आफन्तको कोलाहल, 
कसै कसैका मुखबाट कहिले पनि मेरा लागि 
ननिस्किएका राम्रा कुराहरु,
एक अर्काले मुल्याकंन गरिरहेका
बरा केही गरुँला भन्थी अल्पायुमै मरी
अनि आँगनमा बुन्दै गरेको हरीयो बाँसको डोली 
फुल अविर र धानका लाभाले सजाएर राखेको नाङलो ।

ओहो, डर र त्रास मन भित्र बतास चले झै चलि रह्यो ।
म पात हल्लिए झै हल्लिरहे ।
मलाई मेरा चेतनाले निसंकोच मृत्युलाई 
अंगाल्न दिई रहेको थिएन ।

अहिले भने विमान सहित ढोकामा देखियो काल 
मेरा बहादुर खुट्टा अनायासै थरथर काप्न लागे 
मासी सबै गलेर आयो, रिगंटा लागे झै भयो ।

काल तिर फर्कीएर शिर झुकाए तर मन झुकेन 
भाव विह्वल मनका क्षितिजबाट 
बादल झै छिन्न भिन्न भई छरिरह्यो ।
भरखरै समयले बैश थपेर पठाएका बेला 
हृदय भरी एक एक गरि पलाएका रहरका सागर भित्र 
बग्दै, डुब्दै, उत्रदै तृप्ति हुने प्रयत्नमा थिए म
हराउन चाहन्थे कसैको शरिर भित्र, 
म निस्तम्व एकोहोरिरहे ।

कालले कुटिल मुस्कान छर्दै स्वागत भाषामा 
विमान तिर ईसारा गर्याे मलाई ।
मैले बुझ पचाएर नदेखे झै गरिरहे 
उसले मेरो एकाग्रता भंग गर्ने चेस्टा गर्दै
आफ्ना क्रुरतापुर्ण पंजाले मेरो आसन थर्कने गरि हल्लायो
मैले झसंग भएको अभिनय गर्दै आखा खोले 
आमाले एउटा हातमा चियाको कप बोकेर 
अर्काे हातले मलाई घच्घचाई रहनु भएको रहेछ ।।

विमला कार्की
धरान