Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

जिल्लामा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती

Friday, January 26, 2018 National Power

१२ माघ ,रुकुम – जिल्लाको बाँफिकोट गाउँपालिका–६ की २३ वर्षीया विमला खनाल गत माघ ३ गते बिरामी हुनुभयो । उपचारका लागि आफन्तले गाउँको मेडिकलमा लगे तर त्यहाँ स्वास्थ्यकर्मीले उपचार सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लैजान सल्लाह दिए । उपचार गर्नका लागि जिल्ला अस्पताल सल्ले ल्याउन आफन्तले एम्बुलेन्सका लागि धेरै सम्पर्क गरे तर पाउन सकेनन् । एम्बुलेन्स नपाएपछि खनाललाई रु आठ हजारमा एउटा जिप रिजर्भ गरेर खलंगा ल्याउनुप¥यो । “यो नगरेसम्म श्रीमतीको उपचार सम्भव हुने भएन, कतै पनि एम्बुलेन्स नपाए पछि जिप रिजर्भ गरेर जिल्ला अस्पतालमा ल्याउनुप¥यो” विमलाका श्रीमान् आदर्श खनालले भन्नुभयो ।

यो समस्या उहाँको मात्र नभई केही महिनादेखि रुकुमेलीको साझा समस्या बनेको छ । रुकुम पश्चिम जिल्ला अहिले एम्बुलेन्सविहीन भएको छ । बिग्रिएको लामो समयसम्म पनि एम्बुलेन्सको मर्मत तथा नयाँ एम्बुलेन्सको व्यवस्था नहुँदा बिरामीले सास्ती भोग्न बाध्य भएका छन् । यसरी जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा बिरामी ओसारपसारमा समस्या देखिएको छ । एम्बुलेन्स नहुँदा गाउँबाट बिरामीलाई जिल्ला अस्पताल तथा जिल्ला अस्पतालबाट बाहिर रिफर गरिएका बिरामीलाई लैजान समस्या हुने गरेको हो । रुकुम पश्चिममा यसअघि जिल्ला अस्पताल र नेपाल रेडक्रश सोसाइटीको गरी दुईवटा एम्बुलेन्स थिए । तर यतिबेला भने ती दुवै एम्बुलेन्स बिग्रिएर थन्किएपछि यस्तो समस्या सिर्जना भएको हो ।

जिल्लामा भएको एम्बुलेन्स बिग्रिएकाले यस्तो समस्या भएको स्वीकार्दै अब छिट्टै मुसिकोट नगरपालिकाले नयाँ एम्बुलेन्स ल्याउने प्रक्रिया थालिसकेका कारण त्यति बेलासम्म समस्या रहने जिल्ला अस्पताल, सल्ले, रुकुम पश्चिमका प्रमुख डा सविन पोख्रेलले बताउनुभयो । उहाँका अनुसार जिल्लाका बाँफिकोट गाउँपालिका र चौरजाहारी नगरपालिका पनि छिट्टै एम्बुलेन्स खरिदको प्रक्रियामा रहेकाले छिट्टै यसको समस्या समाधान हुनेछ ।