Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै म्यानचेस्टर युनाइटेड बन्यो सर्वाधिक कमाउने क्लब

Tuesday, January 23, 2018 National Power

९  माघ,काठमाडौं -म्यान्चेस्टर युनाइटेड युरोपका चर्चित फुटबल लिगमा गत सिजन सबैभन्दा धेरै कमाउने क्लब बनेको छ। डिलोइट्टी मनि लिगले सार्वजनिक गरेको रिपोर्ट अनुसार इङलिश प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले स्पेनिस महारथी टिम रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै धेरै कमाई गर्ने टिम बनेको हो ।

गत सिजनमा म्यानचेस्टर युनाइटेडले ५८१ मिलियन पाउण्ड कमाई गरेको छ भने स्पेनिस क्लब रियल म्याड्रिडले ५७९ मिलियन पाउण्ड कमाइ गरेको छ। त्यस्तै गत सिजनमा बार्सिलोनाले ५५७ मिलियन पाउण्ड कमै गर्दै तेस्रो स्थानमा रहेको छ। २०१५(१६ सिजनमा दोस्रो स्थानमा रहेको बार्सिलोना गत सिजनमा तेस्रो स्थानामा झरेको छ ।

त्यस्तै जर्मनी क्लब बायर्न म्युनिख ५०५ मिलियन पाउण्ड कमाई गर्दै चौथो स्थानमा रहेको छ । सूचीको पाचौ स्थानमा प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी छ । सिटीले ४५३ मिलियन पाउण्ड कमाइ गरेको छ। त्यस्तै छैठौ स्थानमा आर्सनल रहेको छ । आर्सनलले ४१९ मिलियन पाउण्ड कमाई गरेको छ । फ्रान्सको पिएसजी सातौ स्थानमा रहदै ४१७ मिलियन पाउण्ड कमाई गरेको छ भने चेल्सीले ३६७ मिलियन पाउण्ड कमाई गर्दै आठौ स्थानमा रहेको छ ।

सूचीको नवौ स्थानमा लिभरपुल छ। लिभरपुलले ३६४ मिलियन पाउण्ड कमाइ गरेको छ भने दशौ स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । युभेन्टसले ३४८ मिलियन पाउण्ड कमाई गरेको छ । गत सिजनमा धेरै कमाई गर्ने क्लबको सूचिमा टप १० मा ५ क्लब प्रिमियर लिगबाट रहेका छन् भने स्पेनबाट दुई, जर्मनी, फ्रान्स र इटालीबाट एक एक क्लब रहेका छन्।