Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अख्तियारमा गोपाल खड्काको वयान सुरु

Tuesday, January 23, 2018 National Power

९ माघ, काठमाडौं – पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको वयान सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार)देखि उनको वयान लिन लागेको हो ।

 

जग्गा खरिद काण्डमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालिन स्थानीय निकायका प्रतिनिधिसँगको वयान सकिएपछि आयोगले निगमका पदाधिकारीको वयान सुरु गरेको हो । आयोग स्रोतका अनुसार निगमका उच्च पदस्थ १६ जनाको वयान सकिएको छ । हालसम्म करीव तीन सय जनाको वयान सकिएको अख्तियार स्रोतले जनाएको छ ।

खड्काको वयान सकिएसँगै अब सञ्चालक समितिका तत्कालीन सबै सदस्यको वयान थालिने अख्तियार स्रोत जनाउँछ । स्रोतका अनुसार जग्गा खरिदमा कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरेको छ ।

निगमले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गर्दा एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको आरोप छ । तत्कालिन संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले निगमले जग्गा खरिद गर्दा जायज मूल्यभन्दा चार गुणासम्म बढी तिरेर घोटाला गरेको प्रतिवेदन नै सार्वजनिक गरेको थियो ।