Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

अख्तियारमा गोपाल खड्काको वयान सुरु

Tuesday, January 23, 2018 National Power

९ माघ, काठमाडौं – पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको वयान सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार)देखि उनको वयान लिन लागेको हो ।

 

जग्गा खरिद काण्डमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालिन स्थानीय निकायका प्रतिनिधिसँगको वयान सकिएपछि आयोगले निगमका पदाधिकारीको वयान सुरु गरेको हो । आयोग स्रोतका अनुसार निगमका उच्च पदस्थ १६ जनाको वयान सकिएको छ । हालसम्म करीव तीन सय जनाको वयान सकिएको अख्तियार स्रोतले जनाएको छ ।

खड्काको वयान सकिएसँगै अब सञ्चालक समितिका तत्कालीन सबै सदस्यको वयान थालिने अख्तियार स्रोत जनाउँछ । स्रोतका अनुसार जग्गा खरिदमा कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरेको छ ।

निगमले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गर्दा एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको आरोप छ । तत्कालिन संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले निगमले जग्गा खरिद गर्दा जायज मूल्यभन्दा चार गुणासम्म बढी तिरेर घोटाला गरेको प्रतिवेदन नै सार्वजनिक गरेको थियो ।