Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

स्वास्थ्य चौकी भवन निर्माण शुरु

Tuesday, January 23, 2018 National Power

९ माघ ,म्याग्दी – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा १५ श्यया क्षमताको अपाङ्गमैत्री सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । रु एक करोड ५६ लाखको लागतमा निर्माण हुने सो भवन दुई तले र भूकम्प प्रतिरोधी भवनका लागि वडाध्यक्ष कृष्णप्रसाद बरुवाल र जग्गादाता गोविन्द खड्काले सोमबार श्रीपञ्चमी पर्वका दिन संयुक्तरुपमा शिलान्यास गर्नुभयो ।

हाल घारको स्वास्थ्यचौकी साँघुरो कोठामा सञ्चालन भइरहेको छ । स्वास्थ्य चौकीलाई आधुनिक उपकरणसहित सेवा सञ्चालन गर्नेगरी शुरु भएको अभियानमा स्थानीयले चन्दा संकलन गरी रु आठ लाख जुटाएर थप दुई रोपनी नौ आना जग्गा स्वास्थ्य चौकीलाई खरिद गरेपछि चार रोपनी एक आना क्षेत्रफलमा निर्माणाधीन अवस्थामा रहेको भवनको काम शुरु गरिएको वडाध्यक्ष बरुवालले जानकारी दिनुभयो ।

१५ श्यया क्षमताको दुईतले भवनका लागि शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत निर्माण कार्य शुरु गरेको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठकराज बरुवालले बताउनुभयो । अध्यक्ष बरुवालका अनुसार आगामी वर्ष २०७५ को असार महिनाभित्र निर्माणकार्य सम्पन्न गरिनेछ । गाउँमै सुविधासम्पन्न स्वास्थ चौकीको भवन निर्माण हुन लागेपछि स्थानीयवासी उत्साहित भएका छन् ।