Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गजलः अभ्यास

Monday, January 22, 2018 National Power

मेरो विवशतालाई बुझी तिमी तर्किएपछि
दिएको मुटु फेरि फिर्ता लिई फर्किएपछि
अढाइ करोड डिग्री तापको सूर्य के तातो 
त्यति पोल्यो आँसुभित्र छाति झर्रकिएपछि

खुशी दिन नसके नि पीडा दिन्न भन्थेउ
हारको धारले रेटिरह्यौ विश्वास थर्किएपछि
निर्भीक झैं लडिरह्यो दिशाहिन आत्मा
हराए ती महादेश उमङ्ग घात लर्किएपछि

गुण बिनाको मानिस र नुन बिनाको भोजन
उस्तै हुँदो रहेछ नियतिमा चिरा चर्किएपछि

धरान–१७, सुनसरी बिमला कार्की