Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

गजलः अभ्यास

Monday, January 22, 2018 National Power

मेरो विवशतालाई बुझी तिमी तर्किएपछि
दिएको मुटु फेरि फिर्ता लिई फर्किएपछि
अढाइ करोड डिग्री तापको सूर्य के तातो 
त्यति पोल्यो आँसुभित्र छाति झर्रकिएपछि

खुशी दिन नसके नि पीडा दिन्न भन्थेउ
हारको धारले रेटिरह्यौ विश्वास थर्किएपछि
निर्भीक झैं लडिरह्यो दिशाहिन आत्मा
हराए ती महादेश उमङ्ग घात लर्किएपछि

गुण बिनाको मानिस र नुन बिनाको भोजन
उस्तै हुँदो रहेछ नियतिमा चिरा चर्किएपछि

धरान–१७, सुनसरी बिमला कार्की