Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रदेश प्रमुखहरुले सपथ लिए

Friday, January 19, 2018 National Power

५ माघ, काठमाडौं  – नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुली पनि उपस्थित थिए ।

सरकारले बुधबार सात प्रदेशका प्रमुख नियुक्त गरेको थियो । प्रदेश १ को प्रमुखमा डा.गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायश्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ को प्रमुखमा मोहनराज मल्ललाई नियुक्त भएका छन् ।

अब प्रदेश प्रमुखहरुले सम्वन्धित प्रदेशको कार्यालयमा गएर पदभार सम्हाल्नेछन् । लगतै प्रदेशसभा सदस्यहरुलाई सपथ गराउनु पर्नेछ ।

यसैबीच सपथ ग्रहण कार्यक्रममा निजी सञ्चार माध्यमलाई प्रवेश नदिएको भन्दै फोटो ग्राफरहरुले राष्ट्रपति कार्यालयको गेटमा क्यामरा बन्द गरेर विरोध गरेका छन् ।