Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नायक श्रीदेवले गाए आधुनिक गीत (हेर्नुस भिडियो)

Tuesday, January 16, 2018 National Power

काठमाडौं । अभिनय र गायन फरक(फरक विधा हुन् । तर कहिले काँही उस्तैउस्तै लाग्छ यी विधा ।

अभिनय गर्दै गर्दा नायक नायीकाले गीत गाएको देखिन्छ । तर, यो स्वयम् उनीहरुले गाएका हुँदैनन् । तर, पछिल्ला दिनमा उदयमान नायक भनेर चिनिएका श्रीदेव भट्टराई हालै आफैं गीत गाएका छन् ।

उनले आफ्नै संगीतमा तयार बनाएको ‘नजाउँ न छोडी मलाई’ बोलको गीतमा स्वर दिएका छन् । सो गीतमा अभिनयसमेत उनी आफैंले गरेका छन् । शब्द भने निर्मला शर्माको छ ।

पहिलोपटक गाएको सो गीतको म्युजिक भिडियो भने कतारमा छायांकन गरिएको छ । लामो समयदेखि कतारमा रहेर पनि नेपाली गीत संगीतको जगेर्नामा लागेको भविन्द्र तामाङले सो गीतको म्यूजिक भियोडो निर्देशन गरेका छन् ।

७ वटा नेपाली चलचित्रमा अभिनय गरिसकेका भट्टराईले गाएको सो गीतमा उनीसहित श्रृजना गुरुङ र उमेश भट्टराईलाई पनि देख्न सकिने छ । श्रीदेव भट्टराईले हालसम्म ४५ वटा भन्दा बढी गीतको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

उनले यो गीत धेरै पहिले नै तयार पारेका थिए । तर, हालै मात्रै सार्वजनिक गरेका छन् । ‘मैले गाउन त पहिले नै गाएको हो । तर यसलाई साथीभाईहरुकै सल्लाहमा बल्ल सार्वजनिक गरेको हुँ’ उनले भने, ‘ढिलै भए पनि बजारमा आउँदा राम्रै प्रतिक्रिया पाएको छु ।’