Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

IELTS को प्रश्नपत्र आउट गर्ने पक्राउ, लाखौ लिएर बिक्रि गरेको खुलासा

Saturday, January 6, 2018 National Power

२२ पुस, काठमाडौं – काठमाडौंस्थित बि्रटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र किनबेच हुने गरेको खुलेको छ ।

प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको छ । ‘विद्यार्थीसँग १ देखि २ लाखसम्म लिएको पाइएको छ’ प्रहरीले भनेको छ ।

लिक गरिएको प्रश्न र शनिबारका लागि तय भएको आईईएलटीएस परीक्षा मिलेको पाइएको छ ।

प्रहरीले यसबारे अनुसन्धान भइरहेको भन्दै थप बताएको छैन । घटनाबारे भोलि विस्तृत जनकारी गराइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।