Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पेट्रोलियम पदार्थको मूल्य बढ्यो : अब पेट्रोल र डिजेलमा एक तथा ग्यासमा २५ रुपैयाँ

Tuesday, January 2, 2018 National Power

१८ पुस, काठमाडौं  नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, मटितेल र पेट्रोलसँगै खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य पनि बढाएको छ। इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार सोमबार निगमले पेट्रोल, डिजल र मट्टितेलमा एक/एक रुपैयाँ मूल्य बढाएको हो।

नयाँ मूल्यपछि पेट्रोल लिटरको १ सय २ रुपैयाँ र डिजल तथा मट्टितेल लिटरको ७९ रुपैयाँ पुगेको छ। हवाइ इन्धन आन्तरिकतर्फ तीन रुपैयाँ मूल्य बढेर ९० रुपैयाँ कायम भएको छ।

यस्तै एलपीजी ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढेको छ। उपभोक्ताले अब एक सिलिण्डर ग्यासको १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्नेछ।

नयाँ मूल्यपछि पनि निगमको नोक्सानी २६ करोड ४० लाख रुपैयाँ रहेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।