Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

हो आज मलाई नदी नाला झरना तालमा…………

Sunday, December 31, 2017 National Power

१६ पुस,काठमाण्डौ

हो आज मलाई नदी नाला झरना तालमा
 रमन मन लागेको छ .....
 किन कि नयाँ बर्ष आगनीको डिलमा आइ
 पुगेको छ
 देशले मुहार फेरीन्छ कि भन्ने आशमा बसेका
 मेरा बाबा आमा
 उनीहरुको अनुहारमा समेत खुशी छाएको छ

हो आज मलाई नदी नाला झरना तालमा
 रमन मन लागेको छ......

साँच्चै भन्या हो मैले खुशीका पल हराएको
 बर्षौ बर्ष भयो
 तर आज किन एका एक मुहारमा मुस्कान
 छाएको छ
 पिढीमा आई पुगेको नयाँ बर्षले
 मेरो मात्रै होईन देशको मुहारै फेर्न चाहेको छ
 मुहारै फेर्न चाहेको छ

हो आज मलाई नदी नाला झरना तालमा
 रमन मन लागेको छ.......

सधै विदेशी माटोमा रहेर काम गर्ने दाजु
 भाई दिदि बहिनीको हृदय विदारक कथा सुन्दा
 सुन्दा थाकेका कानले
 अब नयाँ विहानी सँगै मिठा मिठा सपना कोर्न
 सक्ने खबर सुन्न पाउने
 आश राखेको छ
 हो आज भलाई......

नयाँ बर्षले सबैको जिवनमा उमंग ल्याओस
 शुभ कामना शुम कामना शुभ कामना

कवि नबु सत्याल ( नवराज सत्याल)