Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र

Friday, December 29, 2017 National Power

१४ पुस,काठमाण्डौ – पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररुपमा थालिएको छ । विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षौदेखि टालटुलको भरमा चल्दै आएकामा यसपटक भने बृहत्रुपमा सुधार गर्न थालिएको हो । सडक विभागअन्तर्गत मध्यपहाडी आयोजनाले यो राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भारलाई गति दिएको छ । आयोजना पश्चिमखण्डका प्रमुख सूर्यबहादुर भाटले राजमार्गलाई पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न थालिएको बताए । अहिले चार वटा प्याकेजमा मर्मतसम्भारसहित राजमार्ग विस्तारको काम थालिएको उनले बताए । बहत्तर किमी लामो पोखरा–बागलुङ सडकको अधिकाँश भाग तीन वर्षको अबधिमा नयाँ बन्नेछ । “पोखरा–बागलुङ राजमार्गमा यातायात सञ्चालन गर्न निकै अप्ठेरो थियो” प्रमुख भाटले भने, “अबको तीनवर्षभित्र यो राजमार्ग पूरै नयाँ बन्नेछ, दोहोरो सवारी चल्न मिल्नेगरी सडकले आकार लिनेछ ।”

राजमार्ग विस्तार र मर्मतको काम गत कात्तिकदेखि शुरु भएको हो । चार चरणमा सम्पन्न गर्ने आयोजनाको पहिलो चरणमा पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म छ किमी, दोश्रो चरणमा याम्दीदेखि घट्टेखोलासम्मको खण्ड, तेश्रो चरणमा घट्टेखोलादेखि नयाँपुलसम्मको करिब २५ किमी र चौथों चरणमा नयाँपुलदेखि पर्वतको मालढुंगासम्मको खण्ड ९२४ किमी० मर्मतसम्भार र विस्तार गर्ने प्रमुख भाटले जानकारी दिए ।

उनका अनुसार पोखराको जिरो किलोमिटरदेखि याम्दीसम्म ६ लेनको सडक तयार हुनेछ भने फेदीसम्म पनि छ लेनको सडक बन्ने भएको छ । फेदीदेखि घट्टेखोलासम्म नौ मिटर फराकिलो सडक बन्ने भएको छ । करिब रु तीन अर्ब ३२ करोडको लागतमा सडक विस्तार र स्तरोन्नति गर्न थालिएको छ । यसका लागि चार वटा निर्माण कम्पनीले काम गर्ने पनि प्रमुख भाटले जानकारी दिए । कास्कीको नयाँपुलदेखि पर्वतको कुश्मासम्मको खण्ड सबैभन्दा अप्ठेरो रहेको छ । ठाउँठाउँमा पहरो भएकाले चट्टान फुटाउन समस्या देखिएकाले यसको विस्तारमा समय लाग्नसक्ने बताइएको छ ।

यो राजमार्ग पछिल्लो समय भासिने समस्याले ग्रसित हुँदै आएको छ । वर्षेनी मर्मत भएपछि भासिन नछाडेपछि सडक पूरै नयाँ स्वरुपमा विस्तार गर्न जरुरी भएको थियो । यस सडकमा पर्ने पुल अझै साँघुरा भएकाले ती पुलको आकार बढाउनेबारे पनि छलफल भएको बताइएको छ ।पोखरा–बागलुङ राजमार्ग करिब तीनदशकअघि चीन सरकारको सहयोगमा बनेको हो । चीनले उक्त राजमार्गलाई आव २०५०र५१ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।