Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

(व्यसेर)ले सुरु ग¥यो इमरजेन्सी ट्रान्जिट होम सेवा

Sunday, December 24, 2017 National Power

९ पौष , ललितपुर – समाज सेवा र मानव अधिकारमा महिला यूवा शसक्तिकरण (व्यसेर)ले इमरजेन्सी ट्रान्जिट होम सेवा सुरु गरेको छ । मनोरञ्जन तथा अन्य क्षेत्रमा व्यवसायिक यौन शोषण, हिंसा र दुव्र्यवहारबाट संरक्षण गर्दै उनिहरुको मानव अधिकार सुनिश्चित गर्न यो सेवा सञ्चालन गरिएको हो ।


ललितपुरको पुल्चोक कृष्णगल्लीमा एक कार्यक्रमबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख जयबहादुर चन्दले विहिबार यो सेवाको उद्घाटन गरेका छन् । कार्यक्रममा यसले व्यवसायिक यौन शोषण, हिंसा र बेचबिखनमा परेका मनोरञ्जन तथा अन्य क्षेत्रका बालबालिका तथा महिलालाई २४ घण्टा सातै दिन सेवा सुरु गरेको जानकारी गराइयो ।

काठमाडौं, प्रहरी वृतका प्रमुखहरु, महिला सेलका प्रमुखहरु र सामुदायिक प्रहरीका प्रमुखहरु उपस्थित रहेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जयबहादुर चन्दले महिला बालबालिका माथि हुने हिंसा र शोषणाका विरुद्ध आफूहरुले पनि अभियान चलाइरहेको भन्दै यो संस्थाले आजबाट सुरु गरेको इमरजेन्सी ट्रान्जिट होम सेवा प्रशंसनिय कार्य भएको बताए । ‘यो प्रहरीको पनि कर्तव्य भएकाले सहयोगी हात बढाउन हामी तयार छौ, हाम्रो सहयोग रहेनछ’, उनले भने ।

संस्थाले यसका लागि दुई वटा स्कुटर हरेक समय तयारीमा राखेको र कुनै पनि यस्ता घटना हुनासाथ आफूहरुको टोलफ्रि नम्बर १६६००१९८९८१मा खबर भएमा आफूहरुले तुरुन्त उद्धार गर्ने संस्थाकी अध्यक्ष भावना ऐरले जानकारी गराइन । ‘हामीहरु २४ घण्टा ७ दिन आकस्मिक ट्रान्जिट र टेली मनोपरामर्सको लागि तत्पर छौ’, उनले भनिन् ।

कार्यक्रम निर्देशक विजय लामाले संस्थाका बारेमा जानकारी गराउनुका साथै ध्येय, दृष्टिकोण, लक्ष्य र उद्देश्य प्रकाश पारेका थिए ।