Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

साँझ पख सिरानी भिज्दा : नवु सत्याल

Monday, December 18, 2017 National Power

साँझ पख सिरानी भिज्दा
तर त्यो मन भिज्दैन
आकासका जुन ताराले
उज्यालो छर्दा यि आँखाले
उज्यालो देख्दैन उज्यालो देख्दैनन

कस्तो याद थियो कस्तो साथ थियो
भुल्नै गाह्रो भो निष्ठुरी तिमी पापीनी रैछौ
भन्नै साह्रो भो अब भन्ने साह्रो भो
 त्यसैले 
नजोडन सक्छु नतोडन सक्छु
अन्धकार नै प्यारो भो अब अन्धकार नै प्यारो भो

साँझ पख सिरानी भिज्दा
तर त्यो मन भिज्दैन
आकासका जुन ताराले
उज्यालो छर्दा यि आँखाले
उज्यालो देख्दैन उज्यालो देख्दैनन

सजाए तस्विर फ्रेम भित्र तिम्रो
ऐना हाल्न भुलेकी
मुस्काएकै देख्छु म विना तिमी

तिम्रा चाहाना नै यो थियो की
झुठो माया झुठो कसम खानु नै थियो भने
समायौ किन यि हातहरु छोडनु नै थियो भने
छोडनु नै थियो भने 
साँझ पख सिरानी भिज्दा
तर त्यो मन भिज्दैन
आकासका जुन ताराले
उज्यालो छर्दा यि आँखाले
उज्यालो देख्दैन उज्यालो देख्दैनन

- नवु सत्याल