Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

 रद्दीको टोकरीमा फालिएकाहरु डीभी परेर अमेरिका आए : डोनाल्ड ट्रम्प

Monday, December 18, 2017 National Power

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी परेर अमेरिका आउने आप्रवासीहरु खराबभन्दा खराब मानिसहरु रहेको र उनीहरु रद्दीको टोकरीबाट निकालिएका मान्छे भएको बताएका छन् ।सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने,‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् रु होइन, उनीहरुले रद्दीको टोकरीमा मिल्काएकाहरु डीभी परेर अमेरिका आएका छन् ।’

वासिङ्टन पोष्टमा छापिएको समाचारमा ट्रम्पले भनेका छन्, ‘यो कस्तो खालको सिस्टम हो रु उनीहरु चिठ्ठा पारेर हाम्रो देशमा आउँछन् । उनीहरुले खराबभन्दा खराब मानिसहरु दिएका छन् ।’पछिल्लो समय न्यूयोर्कमा आतंकवादी आक्रमणमा संलग्न मानिस डीभी परेर अमेरिकामा भित्रिएका मानिस भएको खुलेको थियो । त्यसयता ट्रम्पले चिठा पारेर संसारबाट मानिसहरु अमेरिका भित्र्याउने सिस्टमको विरोध गर्दै यसलाई तत्कालै बन्द गर्नुपर्ने बताउँदै आएका छन् ।

अमेरिकाले हरेक वर्ष करिव ५० हजार आप्रवासीलाई डीभी चिठ्ठामार्फत् अमेरिका भित्राउँदै आएको छ ।यसरी डीभी चिठ्ठामार्फत् अमेरिका पुग्नेको पहिलो नम्बरमा नेपालीहरु रहेका छन् । सन् २०१२ देखि २०१७ सम्मको अवधिमा १६ हजार ७ सय ५५ नेपालीहरु डीभीमार्फत् अमेरिका गएका छन् । २०१७ मा मात्रै ३४ सय बढी नेपाली डीभीमार्फत् अमेरिका गएका छन् ।

डीभी चिठ्ठा कार्यक्रम सुरु भएयता करिव ५५ हजार नेपाली यो कार्यक्रममार्फत् अमेरिका पुगेका छन् ।